arrow

'गर या मर' को अवस्थामा नेदरल्याण्ड्ससँग नेपाल मैदानमा, नेपाल ब्याटिङमा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ७ बिहिबार
nepal-cricket-team-america.jpg
तस्बिर : फाइल

काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले अहिले घरेलु टोली नेदरल्याण्ड्ससँग महत्वपूर्ण प्रतिस्पर्धा गरिरहेको छ। खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दैछ । 

आपसमा भएका पछिल्ला पाँच भिडन्तमा नेपाल ३-२ ले अगाडि छ। 

त्रिकोणात्मक श्रृंखलाको पहिलो भिडन्तमा  नेपाल नामिबियासँग ८ विकेटको निराशाजनक हार बेहोरेपछि जितको खोजीमा मैदानमा उत्रिएको हो । 

आजको खेल नेपालका लागि पुनरागमन गर्ने अवसर मात्र होइन, विश्वकप ग्लोबल क्वालिफायरको सम्भावना बलियो बनाउने महत्वपूर्ण परीक्षा पनि हो।

शीर्ष क्रमका ब्याट्सम्यानले जिम्मेवारीपूर्ण प्रदर्शन गर्नुका साथै बलरहरूले सुरुदेखि नै विपक्षीमाथि दबाब सिर्जना गर्नुपर्ने चुनौती रहेको छ।

लिग-२ को अंक तालिकामा नेपाल र नामिबिया दुवैको २९ खेलबाट समान २४ अंक छ। राम्रो नेट रनरेटका आधारमा नेपाल पाँचौँ र नामिबिया छैटौँ स्थानमा छन्।

नेदरल्याण्ड्स ३२ अंकसहित तेस्रो स्थानमा रहेको छ भने अमेरिका शीर्ष, स्कटल्यान्ड दोस्रो र ओमान चौथो स्थानमा छन्।

विश्वकप ग्लोबल क्वालिफायरमा स्वतः स्थान बनाउन शीर्ष चारभित्र रहनुपर्ने भएकाले नेपालका बाँकी सातै खेल अत्यन्तै निर्णायक छन्।

यद्यपि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन शीर्ष ६ भित्र रहनु पर्याप्त हुनेछ।

यस शृङ्खलामा नेपालले साउन ११ गते पुनः नामिबियासँग तथा साउन १३ गते फेरि नेदरल्याण्ड्ससँग खेल्ने तालिका रहेको छ।

नेपाली टोलीले अघिल्लो हारको समीक्षा गर्दै आज नेदरल्याण्ड्सविरुद्ध उत्कृष्ट प्रदर्शनसहित महत्वपूर्ण दुई अंक बटुल्ने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ