कतारको ग्यास उद्योगमा विस्फोट हुँदा १३ जनाको मृत्यु, ६६ घाइते
हाम्रा कुरा
प्रकाशित २०८३ असार ९ मंगलबार
373
Shares
नयाँदिल्ली । कतारस्थित रास लाफान तरलीकृत प्राकृतिक ग्यास उद्योग (एलएनजी) मा भएको विस्फोटका कारण १३ जना मृत्यु भएको छ । तीमध्ये १२ जना भारतीय नागरिक रहेको कतारस्थित भारतीय दूतावासले बताएको छ ।
उक्त विस्फोटको घटनामा १३ जनाको मृत्यु भएको पुष्टि भइसकेको जनाउँदै ६६ जना घाइते भएको दूतावासले जनाएको छ ।
मृतकको पार्थिव शरीर चाँडै नै भारत पठाइने तयारी भइरहेको पुष्टि गर्दै दूतावासले यस घटनाबाट प्रभावित भारतीय नागरिक र उनीहरूका परिवारलाई यथा सक्य सहयोग गर्नका लागि कतारी अधिकारीहरूसँग सम्पर्कमा रहेर आवाश्यक काम गरिरहेको जनाएको छ ।
गत मार्च महिनामा भएको इरानी आक्रमण पछि बन्द भएको ग्यास उद्योग पुनः सञ्चालनमा आइ कामदारहरूले काम गरिरहेको समयमा विस्फोट भएको मिडियाले रिपोर्ट गरेका छन् ।