arrow

गरिमा विकास बैङ्क लिमिटेड “कर्पोरेट बिजनेस अवार्ड २०२६” बाट सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ६ शनिबार
garima-bikash-bank-business-award-june-2026.jpg

काठमाडौँ। गरिमा विकास बैङ्क लिमिटेडले कर्पोरेट बिजनेस अवार्ड एण्ड समिट २०२६ मा विकास बैङ्क समूहतर्फ “डेभलपमेन्ट बैङ्क अफ द इयर २०२६” को प्रतिष्ठित सम्मान प्राप्त गरेको छ।

कर्पोरेट बिजनेस म्यागजिनद्वारा मिति २०८३ आषाढ ४ गते काठमाडौँको होटेल र्‍याडिसनमा आयोजित कार्यक्रमको अठारौँ संस्करणमा बैङ्कलाई यो अवार्ड प्रदान गरिएको हो। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति माननीय हरि ढकालले बैङ्कका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका छन्।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ तथा विभिन्न व्यावसायिक सङ्घसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। बैङ्कले यो अवसरमा ग्राहक, शेयर धनी, नियमनकारी निकाय तथा शुभचिन्तकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

यसअघि बैङ्क न्यू बिजनेस एज लिमिटेडद्वारा आयोजित न्यूबिज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्ड्सको दसौँ संस्करणमा पनि “वेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैङ्क २०२६” को सम्मान प्राप्त गरेको थियो।

हाल गरिमा विकास बैङ्कले देशभर १२६ शाखा, ५१ एटिएम र आधुनिक डिजिटल बैङ्किङ सेवामार्फत करिब ९ लाख ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ