राष्ट्रिय वाणिज्य बैंकले उच्च प्रविधिबाट ग्राहकलाई सुबिधा दिइरहेको छ - डेपुटी सीईओ अधिकारी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३ बुधबार
482
Shares
राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरू ५० लाखको संख्यामा छन् । २० लाखले मोबाइल बैंकिङ कारोबार गर्छन् । जसका कारण बैंकलाई डिजिटल संसारमा अझ सशक्त हुनुपर्ने जिम्मेवारी छ । त्यसैका कारण पनि बैंकलाई चुनौती थपिएको छ ।
बैंककी डेपुटी सीईओ चार्टर्ड एकाउन्टेन्ट सरस्वती अधिकारी निजी बैंकहरूले दिने सबै डिजिटल सुबिधा वाणिज्य बैंकले दिएको भन्दै थप अपग्रेड गर्दै जाने बताउँछिन् । जे जति सुबिधाहरू दिनुपर्नेछ ती सबै प्रतिस्पर्धी बैंकभन्दा राष्ट्रिय वाणिज्य बैंक कम नभएको उनको दाबी छ ।
साइबर सुरक्षामा भने बैंक अझ सचेत हुनुपर्ने अवस्था आएको उनी बताउँछिन् । ग्राहक सचेत नहुँदा क्षति बढेको उनी स्वीकार्छिन् । समग्रमा यिनै विषयमा आधारित भएर उनीसँग छोटो कुराकानी गरेका छौँः