विश्वकप २०२६ मा पहिलो गोलकर्ता बने जुलियन क्विनोनेस
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २९ शुक्रबार
736
Shares
काठमाडौँ। मेक्सिकोका फरवार्ड जुलियन क्विनोनेस फिफा विश्वकप २०२६ मा पहिलो गोल गर्ने खेलाडी बनेका छन्। शुक्रबार बिहान भएकाे उद्घाटन खेलमा दक्षिण अफ्रिकाविरुद्ध क्विनोनेसले विश्वकप २०२६ मा पहिलो गोल गरेका हुन् ।
मेक्सिको सिटीस्थित एज्टेका रंगशालामा जारी समूह ‘ए’ अन्तर्गतको खेलमा मेक्सिकोले नवौं मिनेटमै उनले गोल गरेका हुन्।
दक्षिण अफ्रिकी रक्षापङ्क्तिको गल्तीको फाइदा उठाउँदै क्विनोनेसले पेनाल्टी क्षेत्रको किनाराबाट शक्तिशाली प्रहार गरी जाली चुमाएका थिए ।
घरेलु समर्थकले भरिएको एज्टेका रंगशालामा भएको उद्घाटन खेलमा क्विनोनेसको प्रारम्भिक गोलले मेक्सिकोलाई उत्कृष्ट शुरूआत दिलाएको छ।