मन्त्री महावीरको फेरि पनि मन्त्रालयमै बास [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २७ बुधबार
495
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले यसपालि पनि मन्त्रालयमै आवास बनाएका छन् । यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा मन्त्री हुँदा पनि मन्त्रालयमै अस्थायी आवास बनाएर बसेका थिए ।
यसपालि पनि उनी मन्त्रालयमै बसेका छन् । मंगलबार शपथग्रहण गरेका उनी बुधबारै सिंहदरबारभित्र रहेको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा बस्ने प्रबन्धसहित गएका हुन् ।
मन्त्री पुन यसपालि सरकारी क्वार्टरमै बस्ने मनस्थितिमा रहेको भए पनि उक्त क्वार्टर नभएपछि मन्त्रालयकै कोठालाई क्वार्टरका रूपमा प्रयोग गरेका छन् ।
भैसेपाटीस्थित मन्त्री क्वार्टरहरु गत भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा जलाइएको थियो ।
उनी यसअघि राष्ट्रिय आविष्कार केन्द्रमा बस्दै आएका थिए ।