अर्मेनियाको आम निर्वाचनमा सिभिल कन्ट्रयाक्ट पार्टी विजयी
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २६ मंगलबार
204
Shares
काठमाडौँ। अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले मुलुकमा सम्पन्न आम निर्वाचनमा आफ्नो पार्टी विजयी भएको घोषणा गरेका छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार पाशिन्यानको नेतृत्वमा रहेको सिभिल कन्ट्रयाक्ट पार्टी ४९दशमलव८२५ प्रतिशत मतका साथ अग्रस्थानमा देखिएको छ ।
देशको केन्द्रीय निर्वाचन आयोगकाअनुसार आइतबार भएको मतदानमा करिब ५९ प्रतिशत मतदाता सहभागी भएका थिए।
देशभरका कुल दुई हजार पाँच मतदान केन्द्रको मतगणना सम्पन्न हुँदा सिभिल कन्ट्रयाक्ट पार्टीले सात लाख २७ हजारभन्दा बढी मत प्राप्त गरेको छ ।
मतदानपछि सञ्चारमाध्यमसँग कुरा गर्दै पाशिन्यानले चीनसँगको रणनीतिक साझेदारीलाई निरन्तरता दिने र द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरे।
उनले दुवै देश पारस्परिक हितका लागि सहकार्य गर्न इच्छुक रहेको बताउँदै आगामी दिनमा यो सम्बन्ध अझै गहिरो हुने विश्वास व्यक्त गरे ।
आर्मेनियाको संवैधानिक व्यवस्थाअनुसार राष्ट्रिय सभाका सदस्यहरू पाँच वर्षका लागि समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने गर्दछन् ।
आर्मेनियाली संसदमा कम्तीमा एक सय एक सदस्य रहने प्रावधान छ, जसको अन्तिम सिट संख्या निर्वाचनको पूर्ण नतिजाका आधारमा तय गरिनेछ ।