arrow
ADVERTISEMENT

सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक' कार्ययोजना

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २६ मंगलबार
Ministry-of-Industry-Commerce-and-Supplies.jpg

काठमाडौँ । सरकारले स्टार्टअप उद्यमको दर्ता, सञ्चालन र व्यवसाय विस्तार प्रक्रियालाई छिटो, सरल र प्रविधिमैत्री बनाउन ‘स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना २०८३’ लागू गर्ने भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले युवा तथा नवप्रवर्तनकारी उद्यमीहरूलाई आकर्षित गर्न र प्रशासनिक प्रक्रियाको झन्झट सल्टाउन यो नयाँ कार्ययोजना तयार पारेको हो। 

मन्त्रालयले तयार पारेको कार्ययोजनाअनुसार अब स्टार्टअप उद्यमीले एकीकृत डिजिटल प्रणालीमार्फत दर्ता, अनुमति तथा आवश्यक सरकारी सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन्। यसका लागि सरकारले 'वान डोर बिजनेस रजिस्ट्रेसन प्लेटफर्म' सञ्चालनमा ल्याउने व्यवस्थासमेत गरेको छ।

यो नयाँ कार्ययोजनाले परम्परागत व्यवसाय दर्ताको झन्झट कम गर्दै पूर्ण रूपमा अनलाइन प्रणाली, अटो–फिल तथा अटो–रिट्रिभल प्रविधिको प्रयोग गर्ने लक्ष्य लिएको छ। साथै, उद्यमीका समस्या र जिज्ञासालाई तत्काल समाधान गर्न एउटा समर्पित हेल्प डेस्क तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित जानकारी प्रणालीमार्फत सेवा प्रवाह गरिनेछ।

दर्ता प्रक्रियाका अतिरिक्त स्टार्टअप उद्यमीलाई व्यवसाय विकास, मेन्टरिङ, परामर्श, नेटवर्किङ र बजार सहजीकरण सेवासमेत उपलब्ध गराउने व्यवस्था कार्ययोजनामा समेटिएको छ। नवप्रवर्तनमा आधारित उद्यमशीलतालाई प्रोत्साहन गर्दै देशभित्रै लगानी, रोजगारी र समग्र आर्थिक गतिविधि विस्तारमा ठुलो सहयोग पुर्‍याउने उद्देश्यका साथ सरकारले यो नीति अघि बढाएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ