arrow
ADVERTISEMENT

इजरायली हवाई आक्रमणमा पाँच प्यालेस्टिनीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २६ मंगलबार
israel-hamas-AFP.jpg

काठमाडौँ । दक्षिणी गाजाको खान युनिसस्थित अल-मवासी क्षेत्रमा रहेको हमास प्रहरी चौकीलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमणमा पाँच जना प्यालेस्टिनीको मृत्यु भएको छ भने १० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

हमासद्वारा सञ्चालित प्रहरी महानिर्देशनालयकाअनुसार इजरायली युद्धक विमानले उक्त प्रहरी चौकीमा दुईवटा मिसाइल प्रहार गरेको थियो, जसका कारण मानवीय क्षति भएको हो ।

प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले जारी गरेको विज्ञप्तिअनुसार घटनास्थलबाट पाँच जनाको शव तथा १० भन्दा बढी घाइतेलाई अल-मवासीस्थित फिल्ड अस्पतालमा लगिएको छ ।

प्रत्यक्षदर्शीहरूका अनुसार मृतकमध्ये प्रहरी कर्मचारी तथा सर्वसाधारण नागरिक दुवै रहेका छन् । स्थानीय बासिन्दा अबु इब्राहिमले आफूहरू पटक-पटक विस्थापित हुन बाध्य भएको भन्दै गुनासो गरे । 

यसैबीच, प्यालेस्टिनी राष्ट्रपतिले इजरायलको बढ्दो सैन्य गतिविधि तथा बसोवास विस्तार गर्नेहरूको हिंसात्मक गतिविधिले मध्यपूर्वलाई विपत्तिको संघारमा पुर्‍याएको जनाएको छ । 

प्यालेस्टिनी सरकारी समाचार संस्थाकाअनुसार राष्ट्रपतिको कार्यालयका प्रवक्ता नबिल अबु रुदैनेहले क्षेत्रीय शान्ति र स्थिरतामाथि गम्भीर असर पर्ने चेतावनी दिएका छन् ।

उनले प्यालेस्टिनी जनताको अधिकारलाई बेवास्ता गरेर स्थायी शान्ति सम्भव नभएको बताए ।

गाजास्थित स्वास्थ्य अधिकारीहरूका अनुसार अक्टोबर २०२५ मा युद्धविराम लागू भएयता इजरायली आक्रमणबाट ९५१ जना प्यालेस्टिनीको मृत्यु भइसकेको छ ।

सन् २०२३ अक्टोबर ७ देखि हालसम्म गाजामा मृत्यु हुनेको संख्या ७२ हजार ९६१ पुगेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ