arrow

कमलपोखरी पुरेर बनाइएको छायाँदेवी कम्प्लेक्स भत्काउन माग [तस्बिरहरू]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २४ बिहिबार
chayadevi-complex-bhatkauna-mag-83-1-24 (6).jpeg

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ ठमेलस्थित ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वको कमलपोखरी पुरेर निर्माण गरिएको छायाँदेवी कम्प्लेक्स भत्काउन सम्पदा संरक्षण नेपालका अभियानकर्मीले माग गरेका छन् ।
  
अभियानकर्मी लेआज माइतीघर मण्डलामा प्ले–कार्ड प्रदर्शनमा बसेका थिए । उनीहरुले विगतका सरकारका पालामा ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वका सम्पदा मासेर निजी भवन बनाउँदा वास्ता नगरेको गुनासो गरे । 

त्यसबेला गरिएको उजुरीको सुनुवाइ नगरी बेवास्ता गरेकाले वर्तमान सरकारले सार्वजनिक जग्गा खाली गराइरहँदा यस विषयमा जागरण फैलाउन प्रदर्शन गरिएको उनीहरुको भनाइ छ । 

सम्पदा संरक्षण नेपालका सभापति कवीर डङ्गोलले ठमेलको कमलपोखरी पुरानै स्वरुपमा पुनःस्थापित नभएसम्म अभियान जारी रहने बताए ।

‘सम्पदा जोगाऔँ, सार्वजनिक पोखरी बचाऔँ’ भन्ने नाराका साथ अभियानकर्मीले ठमेलको कमलपोखरी सार्वजनिक स्थल भएकाले त्यसको अतिक्रमण गरी बनाइएको संरचना कानूनविपरीत भएको बताएका छन् ।

chayadevi-complex-bhatkauna-mag-83-1-24 (2).jpeg
chayadevi-complex-bhatkauna-mag-83-1-24 (3).jpeg
chayadevi-complex-bhatkauna-mag-83-1-24 (4).jpeg
chayadevi-complex-bhatkauna-mag-83-1-24 (5).jpeg
chayadevi-complex-bhatkauna-mag-83-1-24 (6).jpeg
chayadevi-complex-bhatkauna-mag-83-1-24 (7).jpeg
chayadevi-complex-bhatkauna-mag-83-1-24 (8).jpeg
chayadevi-complex-bhatkauna-mag-83-1-24 (9).jpeg
chayadevi-complex-bhatkauna-mag-83-1-24 (10).jpeg
chayadevi-complex-bhatkauna-mag-83-1-24 (11).jpeg
chayadevi-complex-bhatkauna-mag-83-1-24 (1).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ