arrow

शेखर गोल्छालाई हिरासतमा राख्न अदालतले दिएन अनुमति

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २२ मंगलबार
shekhar-golchha-fncci.jpg
तस्बिर : फाइल

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले व्यवसायी शेखर गोल्छालाई अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति नदिने आदेश गरेको छ ।न्यायाधीश मोना सिंहको इजलासले आज गोल्छालाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गर्न नमिल्ने आदेश गरेको हो । अदालतको आदेशसँगै व्यवसायी गोल्छा थुनामुक्त हुनेछन् । 

आदेशमा भनिएको छ, “प्रतिवादी शेखर गोल्छालाई हिरासतमै राखी मुद्दाको अनुसन्धान गर्नुपर्नेसम्मको अवस्थाको विद्यमानता रहेको नदेखिएकाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४ (३) बमोजिम प्रतिवादीलाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गर्न मिलेन ।”

व्यवसायी गोल्छालाई धितोपत्र र बिमासम्बन्धी कसूरमा अनुसन्धानका लागि प्रहरीले गत वैशाख १० गते पक्राउ गरेको थियो । 

त्यसपछि उनलाई सर्वोच्चको आदेशसँगै सोमबार रिहा गरिएको थियो । 

तर रिहा गरे लगत्तै प्रहरीले उनलाई पुनः पक्राउ गरेको थियो । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ