arrow

पाकिस्तानी आक्रमणमा चारको मृत्यु, ७० घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १५ मंगलबार
pakistan-atack.jpg

काठमाडौँ। अफगानिस्तानका उप-सरकारी प्रवक्ता हमदुल्लाह फित्रतले सोमबार सामाजिक सञ्जालमा दिएको जानकारीअनुसार पाकिस्तानले पूर्वी अफगानिस्तानको कुनार प्रान्तमा मर्टार र रकेट प्रहार गरेको छ ।

यस आक्रमणमा चार जनाको ज्यान गएको छ भने ७० जना घाइते भएका छन् ।

कुनार प्रान्तका अधिकारीहरूकाअनुसार घाइतेहरूलाई उपचारका लागि नजिकैका स्वास्थ्य संस्थाहरूमा लगिएको छ ।

स्थानीय सुरक्षा स्थिति अहिले पनि तनावपूर्ण रहेको छ ।

साथै कान्दाहार प्रान्तको लुकमान-स्पिन बोल्दाक क्षेत्रमा पनि मर्टार प्रहार भएको स्थानीय समाचार माध्यम टोलो न्युजले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ