arrow

कम्युनिस्ट पार्टी स्थापना दिवस

रिहा भएपछि पहिलो सार्वजनिक कार्यक्रममा देखिँदै ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ९ बुधबार
kp-oli-sd.jpg

काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ७७औँ स्थापना दिवसका अवसरमा आज विशेष सम्बोधन गर्दैछन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो २ बजे आयोजना हुने मुख्य समारोहलाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।

अध्यक्ष ओलीको सम्बोधनमा वर्तमान राजनीतिक परिस्थिति, समसामयिक घटनाक्रम र एमालेको आगामी वैचारिक तथा सांगठनिक कार्यदिशाका विषयहरू समेटिने बुझिएको छ। हालैका राजनीतिक उतारचढाव र स्वास्थ्य समस्याका कारण केही समय सार्वजनिक कार्यक्रमबाट टाढा रहेका ओलीको यो सम्बोधनलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

स्मरण रहोस्, अध्यक्ष ओली चैत १४ गते प्रहरीद्वारा पक्राउ परी चैत २६ गते रिहा भएका थिए। त्यसलगत्तै पित्तथैलीको पत्थरीको शल्यक्रिया गराएका उनी वैशाख ५ गते मात्र अस्पतालबाट डिस्चार्ज भई घर फर्किएका हुन्। हाल स्वास्थ्य लाभ गरिरहेकै अवस्थामा पार्टीको ऐतिहासिक दिनको अवसर पारेर उनले नेता-कार्यकर्ताहरूलाई भेट्न र सम्बोधन गर्न लागेका हुन्।

नेपालमा २००६ साल वैशाख ९ गते पुष्पलाल श्रेष्ठको नेतृत्वमा कम्युनिस्ट पार्टीको स्थापना भएको थियो। सोही ऐतिहासिक दिनको स्मृतिमा एमालेले आयोजना गरेको यस कार्यक्रममा सहभागी हुन उपत्यकामा उपलब्ध केन्द्रीय पदाधिकारी, जनसंगठनका नेताहरू र शुभेच्छुकहरूलाई आग्रह गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ