arrow

पश्चिम बङ्गाल चुनाव: काँकरभिट्टा-पानीटङ्की नाका ७२ घण्टाका लागि 'शिल'

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ८ मंगलबार
mechi-bridge-jhapa.JPG

काठमाडौँ । भारतको पश्चिम बङ्गालमा हुन लागेको विधानसभा चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द गरिएको छ।

भारतको दार्जिलिङ जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ ६:०० बजेदेखि वैशाख १० गते मतदान सम्पन्न नभएसम्म काँकरभिट्टासँग सीमा जोडिएको पानीटङ्की नाकाबाट मानिस तथा सवारीसाधन आवतजावत पूर्ण रूपमा बन्द गरेको हो। 

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार निर्वाचन सुरक्षाका लागि 'बोर्डर शिल' गरिएको अवधिमा पैदल यात्री र सवारीसाधनको आवागमनमा पूर्ण प्रतिबन्ध लगाइएको छ। 

यद्यपि उपचारका लागि जाने बिरामी र अति जरुरी कामका लागि परिचयपत्र देखाएर सीमामा आवतजावत गर्न दिइने व्यवस्था मिलाइएको छ। नेपाल र बङ्गलादेशका पर्यटकको हकमा पनि आफ्नो मुलुक फर्कनका लागि आवश्यक कागजपत्र देखाएमा भारतीय प्रशासनले सहजीकरण गरिदिने जानकारी दिइएको छ। 

विगतमा पनि दुवै देशमा चुनाव हुनुअघि आपसी सहमतिमा सीमा नाका बन्द गर्ने गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ