arrow

बोडेमा मनाइयो जिब्रो छेँड्ने जात्रा [तस्बिरहरू]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २ बुधबार
bode-jatra-bhaktapur-82-1-2 (5).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

भक्तपुर । मध्यपुरथिमी नगरपालिकाको बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि धुमधामका साथ मनाइएको छ । 

 यस वर्ष चौथो पटक जिब्रो छेँडेर २९ वर्षीय सुजनबाग श्रेष्ठले जात्रालाई निरन्तरता दिएका छन् । नवौँपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएका बोडेका ५१ वर्षीय बुद्धकृष्णबाग श्रेष्ठका कान्छो छोरा सुजनले तीन वर्ष अगाडि जिब्रो छेँडाएर पुस्तान्तरण गरेका थिए । कृष्णले १२ पटक जिब्रो छेँडाएपछि उनका भाइ बुद्धकृष्णबाग श्रेष्ठ नौँ पटकसम्म जिब्रो छेँडाएर जात्रालाई निरन्तरता दिएका थिए ।

जात्राका लागि चार दाम चढाएपछि जिब्रो छेँड्ने व्यक्तिले अशुद्ध व्यक्तिलाई छुन नहुने, महिलालाई छुन नहुने, जुठो, सुतक परेको व्यक्तिलाई छुन नहुने, जुठो, नुन खान नहुने, बोडे देश छाडेर बाहिर जान नहुने प्रचलन रहेको छ ।

bode-jatra-bhaktapur-82-1-2 (1).jpg
bode-jatra-bhaktapur-82-1-2 (2).jpg
bode-jatra-bhaktapur-82-1-2 (3).jpg
bode-jatra-bhaktapur-82-1-2 (4).jpg
bode-jatra-bhaktapur-82-1-2 (5).jpg
bode-jatra-bhaktapur-82-1-2 (6).jpg
bode-jatra-bhaktapur-82-1-2 (7).jpg
bode-jatra-bhaktapur-82-1-2 (8).jpg
bode-jatra-bhaktapur-82-1-2 (9).jpg
bode-jatra-bhaktapur-82-1-2 (10).jpg
bode-jatra-bhaktapur-82-1-2 (11).jpg
bode-jatra-bhaktapur-82-1-2 (12).jpg
bode-jatra-bhaktapur-82-1-2 (13).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ