arrow

नयाँ वर्षमा ओलीको शुभकामना

'पाको अनुभव' र 'युवा ऊर्जा' बीच सहकार्य आवश्यक: ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १ मंगलबार
kp-sharma-oli-uml-12-12.jpg

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना सन्देश दिँदै समृद्ध नेपाल निर्माणका लागि अनुभव र युवाशक्तिको सार्थक सहकार्य हुनुपर्नेमा जोड दिएका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै अध्यक्ष ओलीले बितेको वर्षका सफलता, विफलता र उपलब्धिहरूबाट पाठ सिक्दै भविष्यतर्फ अघि बढ्न सबैलाई आह्वान गरेका हुन्।

ओलीले आफ्नो सन्देशमा वर्ष २०८२ अब इतिहास बनिसकेको उल्लेख गर्दै नयाँ वर्षले नयाँ ऊर्जा सञ्चार गर्ने विश्वास व्यक्त गरे। उनले लेखेका छन्, “सफलता या विफलता, अवसर या चुनौती, कमजोरी होउन् वा उपलब्धि – २०८२ अब इतिहास भयो। इतिहासको समीक्षा गर्दै र भविष्यलाई नियाल्दै, नयाँ वर्ष २०८३ ले सुरक्षित र समृद्ध नेपालका लागि ’पाको अनुभव’ र ’नवयुवा ऊर्जा’ बीचको एक सार्थक ’सिनर्जी’ सिर्जना गरोस्।”

उनले नयाँ वर्ष २०८३ ले सबै नेपालीमा सुख, शान्ति र समृद्धिको मार्ग प्रशस्त गरोस् भन्ने कामना समेत गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ