arrow

जिम्मा जमानीमा रिहा भए ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २६ बिहिबार
former-pm-uml-president-kp-oli-police-custody-march-2026.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको १३औँ दिनमा आज जिम्मा जमानीमा रिहा भएका छन्। 

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेका ओलीलाई उनकी धर्मपत्नी राधिका शाक्यको जिम्मा लगाइएको हो। गत चैत १४ गते भक्तपुरको बालकोटस्थित निवासबाट पक्राउ परेका ओलीलाई हिरासतमा रहँदा स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। 

सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै अनुसन्धानका लागि हिरासतमा राखिरहन आवश्यक नदेखिएको भन्दै रिहा गर्न आदेश दिएपछि उनलाई हाजिर जमानीमा छाडिएको हो। 

अनुसन्धान अधिकृतले आवश्यक ठानेका बखत उपस्थित हुने गरी ओलीलाई अस्पतालबाटै घर जान अनुमति दिइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ