arrow

एमसीसी खारेज गर्न हर्कराज राईको माग [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १९ बिहिबार
harkaraj-rai-19-12-082.jpg

काठमाडौँ। प्रतिनिधि सभा सांसद एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्नुपर्ने माग उठाएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले एमसीसी सन्धीलाई असमान र राष्ट्रघाती व्यापारिक सम्झौता भएको भन्दै त्यसलाई खारेज गर्नु आवश्यक रहेको बताए।

उनले यस सन्धीले देशको स्वाधीनता र असंलग्न परराष्ट्र नीति माथि असर पुर्‍याउने तर्कसमेत राखे।

सांसद राईले भने, “सैन्य रणनीति उद्देश्यका साथ शुरू गरिएको असमान राष्ट्रघाती व्यापारिक सन्धी एमसीसी खारेज गर्नुपर्छ। यो कदमले हाम्रो देशको स्वाधीनता र राष्ट्रिय पहिचान सुरक्षित राख्न मद्दत गर्नेछ।”

उनले समय व्यवस्थापन र जनताको मागप्रति गम्भीर ध्यान दिनुपर्नेमा पनि जोड दिँदै प्रत्येक मिनेटको महत्व सदन, सरकार र सांसदहरूले बुझ्नुपर्ने बताए।

उनले आफ्नो ढिलाइलाई सुधार गर्दै समयको सदुपयोग गर्नुपर्ने आवश्यकतामा जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ