arrow

केपी ओली रिहाइको माग गर्दै जिल्ला प्रशासनमा ज्ञापन [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १५ आइतबार
oli-rihai-mag. andolan (7).jpeg

काठमाडौँ । शनिबार बिहान भक्तपुरस्थित गुन्डूमा रहेको डेराको घरबाट पक्राउ परेका एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई रिहाइको माग गर्दै एमालेले आइतबार देशभरकै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । 

पार्टी केन्द्रीय कार्यालयको बैठकको निर्णयअनुसार रिहाइका लागि ज्ञापनपत्र बुझाउने निर्णय भएको थियो । सोअनुसार काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा पनि ज्ञापन पत्र बुझाइएको छ । 

'जेन-जी' आन्दोलन दमन सम्बन्धी कसूरमा ओलीलाई शनिबार पक्राउ गरिएको थियो । ओलीलाई भर्चुअल माध्यमबाट म्याद थपका लागि अदालत उपस्थित गराइँदै छ। 

गत भदौ २३ र २४ गते भएको 'जेन-जी' आन्दोलनका क्रममा भएको मानवीय क्षतिका बारेमा छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदनका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। 

आयोगले तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक र तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङको लापरवाही र हेलचेक्र्याइँका कारण आन्दोलनकारीको मृत्यु भएको निष्कर्ष निकाल्दै उनीहरूमाथि अनुसन्धान र अभियोजन गर्न सिफारिस गरेको थियो।
 

oli-rihai-mag. andolan (3).jpeg
oli-rihai-mag. andolan (4).jpeg
oli-rihai-mag. andolan (5).jpeg
oli-rihai-mag. andolan (6).jpeg
oli-rihai-mag. andolan (7).jpeg
oli-rihai-mag. andolan (8).jpeg
oli-rihai-mag. andolan (9).jpeg
oli-rihai-mag. andolan (10).jpeg
oli-rihai-mag. andolan (11).jpeg
oli-rihai-mag. andolan (12).jpeg
oli-rihai-mag. andolan (13).jpeg
oli-rihai-mag. andolan (14).jpeg
oli-rihai-mag. andolan (15).jpeg
oli-rihai-mag. andolan (16).jpeg
oli-rihai-mag. andolan (17).jpeg
oli-rihai-mag. andolan (18).jpeg
oli-rihai-mag. andolan (1).jpeg
oli-rihai-mag. andolan (2).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ