चैतमा राजनीतिक र प्रशासनिक क्षेत्रमा विवादले स्थान पाउने
अग्निकाण्डको त्रास, हावाहुरी र मौसम परिवर्तनको आभास हुने
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १ आइतबार
949
Shares
२०८२ चैत महिना
२०८२ चैत महिनामा जागतिक परिस्थिति सामान्य नै छ। शनिबारको सूर्य संक्रमण र बिहीबारको औँशीले रस पदार्थ, दाल, रूई, सूती कपडा, तील, तेल, सर्स्यौँ, घृत, तामा, पीतल, सुनचाँदी आदिमा समता ल्याउनेछ । भवन निर्माण सामग्री लौहपदार्थ, तोरी तेल महंगिनेछ। शेयर बजारमा उत्साह देखिनेछ । कहीँ कतै अग्निकाण्डको त्रास, हावाहुरी र मौसम परिवर्तनको आभासका साथै महिनाको प्रथम र तृतीय सातामा मेघ गर्जनको योग छ । राजनीतिक र प्रशासनिक क्षेत्रमा विवादले स्थान पाउनेछ । जलाशय, पौशाला (पौसरा), यात्रीविश्रमालय आदिको निर्माण गर्नु पनि निकै राम्रो रहनेछ ।
मासिक राशिफल
मेष: २०८२ चैत महिना आर्थिक लाभका साथै सुख प्राप्त, सुरक्षा होटेलसम्बन्धी कार्यबाट लाभ, शृङ्गारिकसम्बन्धी कार्यबाट लाभ, पर्यटन सम्बन्धी कार्यबाट लाभ, हवाई यात्रासम्बन्धी कार्यबाट लाभ, शिक्षा जागिरमा अपमान बेहोर्नुपर्ने देखिन्छ । रात्रिकालीन कार्यमा नोक्सान हुने, भूमिसम्बन्धी कार्यबाट लाभ, आँखासम्बन्धी समस्या, दाजुभाइ बिचमा सम्बन्धमा सुधार, अध्ययनमा अवरोध, वैदेशिक यात्रा प्राप्त, विपरीत लिङ्गसँग सावधानी अपनाउनु पर्ने देखिएको छ । यस्तै, सङ्क्रान्तिको समयमा तपाईको राशिबाट पाँचौं भावमा मास प्रवेश लग्न परेको छ। त्यस्तै आठौँ भावमा सूर्य, बाह्रौं भावमा चन्द्रमा, छैटौँं भावमा मङ्गल, शुक्र र शनि, सातौँ भावमा बुध र बृहस्पति, दशौँ भावमा राहु एवं चौथो भावमा केतु ग्रहले उपस्थिति जनाएको देखिन्छ । विद्या र सन्तानसँग सम्बद्ध भाव पाँचौं घरमा मास प्रवेश लग्न परेकाले यस महिनामा कडा परिश्रम जारी राख्दा कुनै महत्त्वपूर्ण उपलब्धिको बाटो खुल्ने समय छ, यतिवेला आफूलाई उर्जाले भरिएको महसुस गर्नुहुनेछ । अहिले आफ्नो क्षमता र सामथ्र्यले अरुलाई प्रभावित बनाउन सकिने छ । तर राशिस्वामी सूर्यदेवको अष्टम भावको यात्रावधि भएकाले तपाईले खासगरी सवारी हाँक्दा, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सावधान हुनु राम्रो हुन्छ ।
सूर्यको अष्टम भावको यात्रा रहने चैत महिनामा हरेक काममा विघ्न र ढिलासुस्ती हुने सम्भावना रहेकाले सचेत हुनुपर्ने समय हो । कुनै परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ताको तैयारी गर्दै हुनुहुन्छ भने अझ बढी मिहिनेत गर्ने समय हो । शत्रुले तपाईका क्रियाकलापमा बाधा उत्पन्न गर्न सक्छन् । पछाडि बसेर आलोचना गर्ने गोप्य शत्रुहरू सक्रिय हुने समय हो । सरकार, प्रशासन वा अड्डाअदालतका काममा पनि विघ्न हुनसक्छ । कार्यक्षेत्रमा सिनियर्सहरूसँग सम्बन्ध बिग्रने तथा नचाहेको फाँट वा कामको जिम्मा लिनुपर्ने हुन्छ । धनस्थानमा सूर्यको दृष्टि हुने भएकाले धनमाल हराउने वा कमी आउने समय हो । त्यस्तै बन्दव्यापारमा पनि घाटा हुनसक्छ । यस अवधिमा बोलीमा अंकुश लगाउनु र विवादबाट जोगिने प्रयास गर्नु वाञ्छनीय हुन्छ। चैत महिनामा राशिस्वामी सूर्यले तपाईको राशिबाट अष्टम भावको यात्रा गर्नेछ, त्यसैले यो महिना चुनौती, संघर्ष र कष्टका साथमा बित्ने समय हो, तथापि अन्य ग्रहको परिस्थिति विचार गर्दा तपाईँका लागि समेत यस महिनाले सफलता र खुशी ल्याउने संकेत देखिंदैछ ।
राहुले यो महिना दशौँ भावको यात्रा पूरा गरी नवौं भावमा र केतुले चतुर्थ भावको यात्रा पूरा गरी तृतीय भाव अर्थात् पराक्रम स्थानको यात्रा प्रारम्भ गर्दैछ । उता प्रायः महिनाभरि सातौँ भावमा बृहस्पति ग्रहको उपस्थिति रहनेछ । अतः आमजीवनमा रहेका व्यक्तिका साथै बन्दव्यापारमा संलग्न व्यक्तिले समेत यो महिना केही हदमा आशावादी बन्ने समय हो । खासगरी सूर्य अष्टम भावमा रहेकाले वैदेशिक व्यापारमा विशेष लाभ मिल्नेछ । विद्यार्थीहरूले चाहीँ राम्रो रिजल्टको चाहना राख्ने हो भने कडा परिश्रम जारी राख्नुपर्छ । सातौँ भावमा बृहस्पति र शुक्रको एकसाथ उपस्थिति रहेकाले दाम्पत्य जीवन, प्रेमसम्बन्ध, साझेदारीको काम आदिमा शुभ प्रभाव नै रहने देखिन्छ । यो महिना बुधले महिनाको सुरुमा सातौँ भावमा र अन्त्यमा भाग्य भावको यात्रा गर्ने तथा महिनाको मध्यभागमा राशिस्वामी सूर्यसँग युतिसम्बन्ध बनाएर बुधादित्य योगको सिर्जना गर्ने भएकाले तपाईको आर्थिक अवस्था मजबुत रहनेछ। अष्टम भावमा राशिस्वामीको उपस्थिति रहनाले स्वास्थ्यका दृष्टिले केही चुनौतिहरू आउनेछन् तर छैठौं घरमा शनिको उपस्थिति भएकाले अत्तालिहाल्ने परिस्थिति चाहिं बन्दैन । यो महिना कुनै पनि अनिष्ट नहोस्, अष्टम भावमा बसेका राशिस्वामी सूर्यको शुभ प्रभावमा बृद्धि होस् र आफ्नो क्रोध, आवेग र भावनामा नियन्त्रण रहोस् भन्ने उद्देश्यले तपाईले शुद्धजल वा गंगाजलमा रातो फूल, मह र तील मिसाएर भगवान् सूर्य नारायणलाई निरन्तर जलार्पण गर्नुहोस्, साथै भगवान् सूर्यको बीज मन्त्रको निरन्तर जप गरिरहनु, आदित्य हृदय स्तोत्रको पाठ गर्नु तथा कुनै बिहीबारका दिन भगवान् नारायणको मन्दिरमा गएर बृद्ध ब्राह्मणलाई सकेको दानसामाग्री प्रदान गर्नु राम्रो हुन्छ । सामान्यतया यस महिनाको १, ८, ९, १०, १७, १८, १९, २६, २७ र २८ गते तपाईँका लागि अशुभ रहनेछन् । यस्तै, शुभबार सोमबार, शुभ अङ्क ३ शुभ रङ्ग रातो शुभ छ ।
वृष: २०८२ चैत महिना शुभ रहेको प्रेममा सफलता, शिक्षा अध्ययनमा रुची बढ्ने, शैक्षिकसम्बन्धी कार्यबाट लाभ, सुखका साथै वित्तलाभ, धातु फलाम मेशिनरी कार्यबाट लाभ, आँट, साहस बढ्ने, भूमि सम्बन्धी कार्यबाट लाभ हुनेछ । बोलीसम्बन्धी कार्यबाट लाभ, चिकित्सासम्बन्धी कार्यबाट लाभ, रात्रि मेशिनरी कार्यबाट सावधानी अपनाउनु पर्ने, दूधजन्य कारोबारबाट लाभ, कामदारहरूबाट लाभ, प्रेममा सफलता, यात्रामा घुमफिरको यात्रा, शिक्षामा सफलता, कार्यमा पर सार्ने कार्य नगर्नु उत्तम हुनेछ । यस्तै, सङ्क्रान्तिको समयमा तपाईँको राशिबाट चौथो भावमा मास प्रवेश लग्न परेको छ, त्यस्तै सातौँ भावमा सूर्य, एघारौँ भावमा चन्द्र, पाँचौं भावमा मङ्गल, शुक्र र शनि, छैटौँँ भावमा बुध र बृहस्पति, नवौं भावमा राहु एवं तेस्रो भावमा केतु ग्रहले उपस्थिति जनाएको देखिन्छ । चतुर्थ भावमा मास प्रवेश लग्न परेकाले यो महिना आत्मीयजन वा नजिकको कुनै आफन्तका निमित्त कुनै विशेष काम सम्पन्न हुनेछ, आपसी तालमेल र पारिवारिक सम्बन्ध सुदृढ बनाउन प्रयास गर्ने समय हो, जसबाट सुरक्षित भएको अनुभूति र आत्मविश्वास प्राप्त हुनेछ ।
त्यस्तै राशिस्वामी बुध ग्रहले यस महिनामा छैटौँं, सातौँ र आठौँ भावको यात्रा गर्नेछन् । महिनाको शुरू र अन्त्य त्यत्ति अनुकूल नभए पनि महिनाको मध्यभागमा राशिस्वामीले सकारात्मक र शुभफल प्रदान गर्नेछन् । बुध ग्रहको सकारात्मक फल प्राप्त हुनाले यो महिना उपहार, चिट्ठा, पुरस्कार आदिबाट आकस्मिक ढङ्गले हातमा धनमाल प्राप्त हुने समय छ । भावनात्मक क्रियाकलापमा अधिकतम् समय व्यतीत हुनेछ । आनन्द, मौजमज्जा र रमझमको तिर्सना मेट्न खोज्दा केही धनरकम खर्च हुनसक्छ । सातौँ भावमा बाह्रौं भावको मालिक मानिने सूर्यको प्रवेश भएको छ, यसको प्रभावले बोलीमा विशेष प्रभाव हुने र व्यवहारमा कुशलता देखिने समय हो । तपाईको जीवनसाथीले पनि आफ्नो कार्यक्षेत्रमा उन्नति गर्ने समय छ । प्रेम जीवन सामान्य हुनेछ । धार्मिक क्रियाकलापमा झुकाव बढ्नेछ । बन्द व्यापारमा संलग्नहरूका लागि राम्रो कारोबार हुने समय हो । कार्यक्षेत्रमा पनि तपाईँको वर्चस्व कायम हुनेछ, तर यस अवधिमा पेसा परिवर्तन गर्ने वा नयाँ ठाउँमा जम्प गर्ने विचार गर्नु भएको छ भने अर्को ठाउँमा पक्का भए मात्र पुरानो ठाउँ छाड्नु होला, नत्र धोका हुनसक्छ । यद्यपि यो महिना घरमा पिताजी वा जीवनसाथीसँग साथै कार्यक्षेत्रमा व्यवसायिक साझेदारसँग मतभेद बढ्ने समय पनि हो ।
अतः तपाईँले जीवनसाथी र कारोबारमा सन्तुलन राखेर समय प्रदान गर्नु आवश्यक छ । कन्या राशि हुनेहरूका लागि यो महिना सामान्य रहनेछ, यद्यपि केही परिस्थितिमा चुनौती र समस्याको समेत सामना गर्नुपर्ने हुन्छ । यस अवधिमा लग्नभाव र दशौँ घरको मालिक बुध ग्रहले छैटौँं र आठौँ भावको भ्रमण गर्ने हुँदा करियरमा उतारचढाव आउनेछ, नोकरी गर्नेले आफ्नो कार्यक्षेत्रमा तनावको सामना गर्नुपर्नेछ । तर सप्तम भावमा सूर्यको उपस्थिति रहनाले व्यवसायी, अझ ती व्यापारी जसको व्यापार विदेशसँग जोडिएको छ, तिनले विशेष सफलता पाउनेछन् । विद्यार्थीहरूका लागि पाँचौं घरमा शनि र मंगलको योग लाभदायक हुनेछ, अध्ययनमा कडा मिहिनेत गर्नेछन् तर यसै प्रभावले प्रेमजीवन र पारिवारिक जीवन समस्याग्रस्त र कठिनाइले युक्त हुनसक्छ । यस अवधिमा भाग्यस्थान र धनस्थानको मालिक शुक्रले छैंटौं भावको यात्रा गर्नेछ । त्यस्तै शनिदेवको धनस्थानमा पूर्णदृष्टि रहनेछ, परिणामतः यस अवधिमा धनसम्बन्धी विवाद उत्पन्न हुन सक्छ । अंशमुद्दा वा साझेदारसँग विवादको योग बनेको छ । मंगल र शनिको युतिले प्रेमजीवनमा तनाव उत्पन्न हुनुका साथै दाम्पत्य जीवनमा पनि समस्या ल्याउनसक्छ । यस अवधिमा आर्थिक अवस्थामा पनि कमजोरी देखिन सक्छ । तर विदेश वा दूरदराजको क्षेत्रबाट धनलाभ हुनसक्छ । लामो समयदेखि अड्किएको धन प्राप्त हुनेछ । महिनाको प्रारम्भमा छैटौँ घरमा शुक्रको उपस्थितिका कारण सानातिना रोगबाट मुक्ति मिल्नेछ । यो महिना कुनै पनि समस्या वा तनाव नहोस्, ग्रहहरूको शुभ प्रभावमा बृद्धि होस्, हाँकेताकेका हरेक काममा सफलता मिलोस् भन्ने उद्देश्यले तपाईले नियमित रूपमा दुर्गाकवच, दुर्गा चालिसा वा भैरव चालिसाको पाठ गर्नुपर्छ । प्रत्येक बुधबारका दिन कालो भुस्याहा कुकुरलाई दूध भात खान दिएमा पनि लाभ मिल्नेछ । त्यस्तै हरेक शुक्रबारका दिन माता दुर्गा वा माता लक्ष्मीको मन्दिरमा गएर रातो रंगको फूल चढाउँदा वा शनिबारका दिन कमिलालाई चिनी र पीठो खान दिएमा समेत लाभ पाउन सक्नुहुन्छ । सामान्यतया यस महिनाको २, ३, १०, ११, १२, १९, २०, २१, २९ र ३० गते तपाईका लागि अशुभ रहनेछन् । यस्तै शुभ रङ्ग सेतो, शुभबार शुक्रबार, शुभ अङ्क १ रहेको छ ।
मिथुन: २०८२ चैत महिना रोग वृद्धि, शत्रु नाश, सुख प्राप्त, मनमा आँट आउने, सबैको मन जित्न सकिने, अघिल्लो पुस्ताबाट लाभका साथै काम बन्ने, पथ प्रतिष्ठा सरुवा बढुवा हुने, वैदेशिक कार्यबाट लाभ, मुद्दामामिलामा विजय प्राप्त, रोगव्याधिबाट डर, सुख प्राप्त, भूमि, ढुङ्गा, सेना, औषधिसम्बन्धी कार्यबाट लाभ, साहस विश्वास बढ्ने देखिन्छ । शिक्षा धातुमा खराब, सामग्री चोरी हुनसक्ने, छालासम्बन्धी समस्या बढ्ने, प्रेममा झगडा बढ्ने, विदेश यात्रा, शिक्षामा अवरोध हुनेछ । यस्तै, सङ्क्रान्तिको समयमा तपाईँको राशिबाट तेस्रो भावमा मास प्रवेश लग्न परेको छ, त्यस्तै छैटौँं भावमा सूर्य, दशौँ भावमा चन्द्र, चौथो भावमा मङ्गल, शुक्र र शनि, पाँचौं भावमा बुध र बृहस्पति, आठौँ भावमा राहु एवं दोस्रो भावमा केतु ग्रहले उपस्थिति जनाएको देखिन्छ । पराक्रम स्थानमा मास प्रवेश लग्न परेकाले यो महिना व्यापारिक वा दैनिक काम सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । बन्धुवान्धव र छरछिमेकका काममा सघाउनुपर्ने परिस्थिति पनि बन्नसक्छ । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ । त्यस्तै चैत महिनाभरि राशिस्वामी शुक्रले चौथो र पाँचौं भावको यात्रा गर्नेछन्, यसको प्रभावले आयस्रोत र पदप्रतिष्ठामा बृद्धि होस् भन्ने उद्देश्यले सुरक्षित आर्थिक गतिविधिमा ध्यान दिनु आवश्यक देखिन्छ, तपाईभित्रको आन्तरिक ऊर्जा र साहसी मनोवृत्तिले सकारात्मक परिणाम प्रदान गर्नेछ । सामान्यतया छैटौँं भावमा सूर्यले विचरण गरेको समयलाई राम्रै समय मान्ने गरिन्छ । वैवाहिक जीवन र प्रेमसम्बन्धका लागि सकारात्मक समय हुनेछ । यो समय उपयोगी छ, जे गरे पनि सफलता हातपर्ने सम्भावना हुन्छ । यस अवधिमा तपाईले अचल सम्पत्तिको खरिद गर्ने योजना बनाउने, ऋण काढ्ने आदि सम्भावना देखिन्छ । त्यस्तै जग्गाजमिन वा पैतृक सम्पत्तिसम्बन्धी कुनै झमेला वा विवाद छ भने प्रयास गर्ने समय आएको छ, समस्या समाधान हुनसक्छ ।
नोकरी र व्यावसायिक जीवनमा सुधार आउने छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । मुद्दामामिला वा सरकारी काममा सफलता मिल्नेछ । यो उधारो वा कर्जा चुक्ता गर्ने समय पनि हो । हुन त शत्रु र प्रतिस्पद्र्धीमाथि पकड कायम हुनेछ । पछाडि उछित्तो काड्ने र कुरा काट्नेहरू आफैं चुप लाग्नेछन्, तर पनि यो शत्रुपक्ष अर्थात् प्रतियोगी र प्रतिस्पद्र्धीसित सतर्कता अपनाउने समय हो । चौथौ भावमा शनि र मंगलले उपस्थिति जनाएर केही घरायसी र पारिवारिक समस्या उत्पन्न गरेको परिस्थिति भए पनि समग्रतामा तुला राशिका व्यक्तिका लागि यो महिना अधिकतम क्षेत्रमा सफलता ल्याउने समय हो । चौथो भावमा बसेर दशम भावमा मंगल र शनिको पूर्णदृष्टि रहन्छ, यसको प्रभावले कार्यक्षेत्रमा सफलता मिल्नेछ । रोजगारीसँगै व्यापारमा पनि नयाँ दिशा प्राप्त हुनेछ । बृहस्पतिले पञ्चम भावमा भाग्यपति बुध र राशिस्वामी शुक्रका साथमा उपस्थिति जनाएको छ, त्यसैले ज्ञानगुनको क्षेत्रमा लागेका व्यक्तिका लागि साथै किशोर र युवा अवस्थाका व्यक्तिका लागि अत्यन्त सकारात्मक समय हो । यसको प्रभावले प्रेमजीवन, पारिवारिक सम्बन्ध र दाम्पत्यसुखमा पनि शुभ फल प्राप्त हुनेछ ।
यस अवधिमा आर्थिक पक्ष बलियो रहनेछ । सरकारी कर्मचारीहरूका लागि यो समय अनुकूल रहनेछ, बढुवा र प्रशंसा प्राप्त गर्नेछन् । स्वास्थ्यका दृष्टिकोणले पनि यो महिना अत्यन्त शुभ समय साबित हुनेछ। छैटौँं भावमा सूर्यको उपस्थितिले स्वास्थ्यमा सुधार आउनेछ । गोपनीय रोगव्याधिको प्रकोपमा हुनुहुन्छ भने अब चिन्ता गर्नुपर्दैन, जस्तै जटिल समस्या भए पनि रोगनिदानको बाटो फेला पर्नेछ । यो महिनाभरि कुनै पनि नराम्रो परिणाम प्राप्त नहोस्, सबै आयाममा शुभ फल प्राप्ति होस् भन्ने उद्देश्यले तपाईले भगवान् गणेशको ध्यान गर्नुपर्छ, हरेक मङ्गलबारका दिन भगवान गणेशलाई हरियो दुबो चढाउनु पर्दछ । विष्णु सहस्रनाम स्तोत्रको पाठ गर्नु तथा हरेक शुक्रबार कन्या केटीको खुट्टा छोएर आशीर्वाद लिनु उपयोगी हुनेछ । सामान्यतया यस महिनाको ४, ५, ६, १३, १४, २२, २३ र २४ गते तपाईका लागि अशुभ रहनेछन् । यस्तै, अन्न दान गर्दा शुभ रहेको छ, शुभ अङ्क ४, शुभ रङ्ग हरियो, शुभबार बुधबार रहेको छ ।
कर्कटः २०८२ चैत महिना मानसिक शक्ति बढ्ने, बोलीमा प्रभावकारिता बढ्ने, अन्नसम्बन्धी अध्ययनसम्बन्धी कार्य, कृषिसम्बन्धी कार्यबाट लाभ, शत्रुबाट पीडा भय, सन्तानबाट लाभ, विलासिताका काम विपरीत लिङ्गबाट लाभ, दलाली काम, बारुदसम्बन्धी कामबाट अर्थ लाभ, जागिर, पदप्रतिष्ठामा आँच आउने, शिक्षामा व्यापारमा घाटा, शेयर कारोबारमा लाभ, श्वासप्रश्वासमा समस्या, आफन्तसंगको सम्बन्धमा राम्रो, प्रेम तथा दाम्पत्यमा लाभ, यात्रामा चोरी हुनसक्ने, आरोप लाग्ने, धैर्यता अपनाउनु पर्ने, सुखका साथै अर्थ लाभ हुनेछ । यस्तै, सङ्क्रान्तिको समयमा तपाईँको राशिबाट दोस्रो भावमा मास प्रवेश लग्न परेको छ, त्यस्तै पाँचौं भावमा सूर्य, भाग्य भावमा चन्द्र, तेस्रो भावमा मङ्गल, शुक्र र शनि, चौथो भावमा बुध र बृहस्पति, सातौँ भावमा राहु एवं तपाईँको आफ्नै राशि अर्थात् लग्न भावमा केतु ग्रहले उपस्थिति जनाएको देखिन्छ । धन स्थानमा मास प्रवेश लग्न परेकाले धनबृद्धिका लागि प्रयास गर्ने समय हो, आश मारेको सम्पत्ति फिर्ता आउने समय हो । आर्थिक हैसियत बृद्धि गर्न वा भौतिक समृद्धि बढाउने सिलसिलामा सक्रियता देखाएमा भविष्य सुध्रने सङ्केत छ। यस अवधिमा राशिस्वामी मंगलको तेस्रो र चौथो घरमा उपस्थिति रहनेछ । यसको प्रभावले करियर परिवर्तन र उच्च शिक्षा प्राथमिकताको विषय बन्नेछ । दूरदराजको यात्रा वा वैदेशिक प्रयोजनको कामका लागि राम्रो छ, तर जीवनका विभिन्न आयाममा सन्तुलन राख्न प्रयास गर्नुपर्छ । यस महिनामा पाँचौं भावमा सूर्यले परिभ्रमण गर्नेछन् । अब आम्दानीमा बृद्धि हुनेछ, तर महत्वाकांक्षा बढ्नाले सन्तुष्टि भने नहुन सक्छ ।
यो नयाँ व्यवसाय शुरू गर्न चाहनेहरूका लागि पनि अनुकूल समय छ । सरकारी काम वा सरकारसम्बद्ध क्रियाकलापमा संलग्न व्यक्तिले खूब कमाइ गर्ने समय आएको छ । जति धेरै खट्यो त्यत्ति धेरै लाभ पाउन सक्ने राम्रो समय हो । गृहस्थीहरूका लागि छोराछोरीको चिन्ताले सताउने समय छ । बालबच्चाको खानपिन र स्वास्थ्यस्थितिप्रति सचेत हुनुपर्छ । धार्मिक कार्यप्रति रुचि जाग्नेछ । प्रेम र प्रणयप्रसङ्गका लागि यो त्यत्ति राम्रो समय देखिँदैन । बरु ध्यान, कसरत, योग र अध्यात्मका क्षेत्रमा शान्तिको अनुभूति हुने समय हो । प्रेम जीवनमा उतारचढाव आउनेछ, प्रेमप्रसङ्ग, प्रणय एवं रतिरागका क्षेत्रमा निर्लिप्त हुन यो समय उपयोगी हुँदैन, फकाउने र फुस्ल्याउने काममा समय बित्नसक्छ । वृश्चिक राशिबाट चैत महिनाभरि सूर्यले पाँचौं भावको यात्रा गर्नेछ । यसको प्रभावले यो अधिकतम क्षेत्रमा शुभ परिणामका साथमा उपस्थित भएको छ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । तृतीय भावमा बसेका राशिस्वामी मंगल, लाभ भावको मालिक बुध र तृतीय भावकै मालिक शनिदेवको प्रभावले आर्थिक समुन्नति र धनधान्यमा बृद्धि हुने महिना हो । कार्यक्षेत्रमा राशिस्वामी मंगल र धनभावको मालिक बृहस्पतिको पूर्णदृष्टि रहनेछ, अतः जागिरमा बढुवा हुनेछ । विद्यार्थीका लागि पनि यो समय राम्रो रहनेछ । यता, पाँचौं घरको स्वामी बृहस्पति चौथो घरमा विराजमान हुनेछन्, जसका कारण विद्यार्थीले पढाइमा आनन्दको अनुभूति गर्नेछन् । परिबारको अवस्था राम्रो रहनेछ । महिनाको उत्तरार्द्धमा बृहस्पतिको चौथो घरमा सप्तमेश शुक्रका साथमा उपस्थिति रहनाले मुद्दा मामिलाबाट छुटकारा मिल्नेछ र सम्पत्तिसम्बद्ध कुनै विवाद छ भने अब सुल्झनेछ । तर पञ्चम भावमा सूर्यको उपस्थिति रहनाले प्रेमजीवनमा समस्या उत्पन्न हुनेछ, दाम्पत्य जीवनमा पनि तनाव आउन सक्छ ।
यस अवधिमा वृश्चिक राशिका जातकहरूले गुप्तधन, लटरी वा चिट्ठामार्फत धन प्राप्त गर्नसक्छन् । चलिरहेको स्वास्थ्य समस्या हट्नेछ । चतुर्थ भावमा बुध र बृहस्पतिको युति भएकोले रोगबाट मुक्ति मिल्नेछ । यो महिना अझ राम्रो होस्, कुनै पनि ग्रहको अशुभ प्रभाव आफूमा र घरपरिबारमा नपरोस्, तात्कालिक समस्या र संकटको निबारण होस् भन्ने उद्देश्यले तपाईँले यो महिना प्रत्येक सोमबारका दिन काँचो दूधमा तिल मिसाएर भगवान् शिवलाई जलाभिषेक गर्नु ठीक हुन्छ, यसबाहेक हरेक मंगलबार कम्तीमा ७ पटक हनुमान् चालिसाको पाठ गरेमा, बिहीबारका दिन केराको बोटमा चनाका सग्ला ९ ओटा दाना चढाएमा वा मंगलबारका दिन ससाना बालकहरूलाई गुड (सक्खर) र चना खान दिएमा समेत लाभ हुनेछ । सामान्यतया यस महिनाको ६, ७, ८, १५, १६, २४, २५ र २६ गते तपाईँका लागि अशुभ रहनेछन् । यस्तै, शुभ अङ्क २, शुभ रङ्ग सेतो, शुभबार बिहीबार रहेको छ ।
सिंह: २०८२ चैत महिना धन सम्पत्ति, गर गहना नोक्सान, अधिक अनावश्यक खर्च, आँखामा समस्या बढ्ने, सुख श्रीप्राप्ती, मान सम्मान बढ्ने, दाजुभाइसँग सम्बन्धमा सुधार, सेना, पुलिस, भूमिसम्बन्धी कामबाट लाभ, विरोधीपक्ष परास्त हुनेछ । सुख प्राप्त, पैतृक सम्पत्तिबाट लाभ, विलासिताको काम खेलकुद पर्यटन, मनोरञ्जनबाट लाभ हुनेछ । आर्थिक लाभ, धातुसम्बन्धी कामबाट लाभ, बोल्दा होसियार हुनुपर्ने र साझेदारी काममा सावधानी अपनाउनु पर्नेछ। अध्ययनमा सफलता, घमण्ड आउन सक्ने, काममा बिर्सने बानी रहनेछ । सङ्क्रान्तिको समयमा तपाईको राशिबाट नवौं भावमा मास प्रवेश लग्न परेको छ । त्यस्तै बाह्रौं भावमा सूर्य, चौथो भावमा चन्द्र, दशौँ भावमा मङ्गल, शुक्र र शनि, एघारौँ भावमा बुध र बृहस्पति, दोस्रो भावमा राहु एवं आठौँ भावमा केतु ग्रहले उपस्थिति जनाएको देखिन्छ । भाग्य स्थानमा मास प्रवेश लग्न परेको यस महिनामा सूर्यको अलि बढी नकारात्मक फल मिले पनि समग्रतामा राम्रो रहने संकेत छ । नयाँ जानकारी र समाचारहरू प्राप्त हुने समय छ, कार्यस्थलमा महत्त्वपूर्ण जिम्मेबारी वहन गर्नुपर्ने देखिन्छ ।
मोबाइल, इन्टरनेट आदिका माध्यमबाट जनसम्पर्कको दायरा बढाउन प्रयास गर्नु ठीक हुन्छ । त्यस्तै यस महिनामा राशिस्वामी मंगल ग्रहले दशौँ र एघारौँ भावको यात्रा गर्नेछ, यसको प्रभावले लामो समयदेखि गर्न नभ्याएको कुनै काम टुङ्गोमा पुर्याउन प्रयास गरिने छ, तर अरुको आश नगरी आफ्नो काममा आफैं तन्मय भएर लागिपर्नु उचित हुन्छ । चैत महिनामा सूर्यले बाह्रौं भावको यात्रा गर्नेछ । यसको प्रभावले खासगरी घरबाहिर बस्ने वा विदेशमा बस्नेहरूले उन्नतिप्रगति गर्नसक्ने र आयमा बृद्धि गर्ने समय हो । स्वदेशमा नै रहेका जातकहरूले पनि विदेश जाने योजना बनाउँदै हुनुहुन्छ भने प्रयास गर्न अनुकूल समय हुनेछ । जागीरको सिलसिलामा घरबाहिर हुनुहुन्छ भने प्रयास गर्नुहोस् तपाईको घरपायक सरुवा हुनसक्छ । यो वैवाहिक जीवन र प्रेमसम्बन्धका लागि सामान्य समय छ । छात्रछात्राले शैक्षिक उद्देश्यले वैदेशिक यात्राका निमित्त प्रयास गर्ने समय हो । छैटौँं भावमा सूर्यको पूर्णदृष्टि हुने भएकाले यस अवधिमा मुद्दामामिला वा झैझगडाजस्ता क्षेत्रमा विजय प्राप्त गर्नुहुनेछ, यो शत्रुहरूमाथि प्रभुत्व जमाउने समय हो । याद गर्नुहोला, बाह्रौं भाव खर्चको घर हो । अनावश्यक खर्चमा नियन्त्रण गर्नुहोला, नत्र कुनै ठूलै आर्थिक सङ्कटको परिस्थिति सिर्जना हुनसक्छ । तपाईका लागि यो महिनाले अधिकतम् पक्षमा सफलता प्रदान गर्नेछ, जबकि केही पक्षमा समस्या र चुनौतीको सामना गर्नुपर्ने हुन्छ ।
राशिबाट दशम भावमा शनि र मंगल ग्रहको उपस्थिति रहेकाले रोजगारी र व्यवसायका यो समय चुनौतीपूर्ण रहने भए पनि कामकाजका दृष्टिले कडा मेहनत गर्नुपर्ने हुनसक्छ । यस अवधिमा बृहस्पति र शुक्र एघारौँ भावमा रहेकाले शिक्षादीक्षाका क्षेत्रमा रहेका वा विद्यार्थीले राम्रो नतिजा पाउनेछन् । त्यस्तै हालसम्म दोस्रो भावमा बसेको राहुले यस महिनाको १६ गतेका दिन तपाईको आफ्नै राशिमा प्रवेश गर्ने भएकाले यसको प्रभावले भ्रम र शंका बढ्ने भएकाले घरपरिबारमा तनाव बढ्ने र विवाद हुनसक्ने समय हो । यस अवधिमा तपाईको प्रेमजीवन राम्रो रहनेछ किनभने शुक्र ग्रहको पाँचौं भावमा पूर्णदृष्टि हुनेछ । महिनाको शुरूआतमा एघारौँ भावमा बृहस्पति र दोस्रो भावमा राहुको उपस्थिति हुने भएकाले तपाईको आर्थिक पक्ष पनि बलियो रहनेछ । व्यापारी वा व्यवसायीहरूका लागि यो समय राम्रो रहनेछ । बाह्रौं भावमा सूर्य भएकाले स्वास्थ्यको हिसाबले पनि यो समय राम्रो रहनेछ । यस अवधिमा तपाईलाई सानातिना रोगबाट राहत मिल्नेछ । यस महिनामा शुभफल प्राप्त गर्न तपाईले घरमै बसेर सुन्दरकाण्ड वा हनुमान् चालिसा पाठ गर्नुपर्छ, कुनै आइतबारका दिन शिवलिंगमा गहुँ चढाउनु वा बिहीबारका दिन पिपलको फेदमा रुखलाई नछोइकन जल चढाउनु उपयुक्त हुनेछ । सामान्यतया यस महिनाको १, ८, ९, १०, १७, १८, १९, २६, २७ र २८ गते तपाईँका लागि अशुभ रहनेछन् । यस्तै, शुभ अङ्क ३, शुभ रङ्ग रातो, शुभबार सोमबार रहेको छ
कन्या: २०८२ चैत महिना सरकारी जागिरमा रहेकालाई लाभ, आँखासम्बन्धी समस्या हुने, औषधिसम्बन्धी, सेना, पुलिसतिर नराम्रो, कुटुम्बबाट शुभ, शिक्षा धर्म कर्मतिर राम्रो, यात्रा हुने हनेछ । धनलाभ, सुखका साथै शत्रुनाश हुने, विलासिता, तरल पदार्थ, खेलकुद, कला सङ्गीतमा रहेकालाई शुभ, धातु बिजुलीसम्बन्धी काममा नोक्सान, रात्रि काममा नोक्सान पनि यसै महिनामा हुनेछ । धनचोरी नोक्सान हुने, रक्त सम्बन्धी विकार, दाजुभाइबीचको सम्बन्धमा खराब, प्रेममा बिग्रिएको सम्बन्ध सुधार, यात्रामा खराब, शिक्षामा शुभ र रात्रिकाल काममा खराब पनि हुनेछ । यस्तै, सङ्क्रान्तिको समयमा तपाईको राशिबाट आठौँ भावमा मास प्रवेश लग्न परेको छ, त्यस्तै एघारौँ भावमा सूर्य, तेस्रो भावमा चन्द्र, नवौं भावमा मङ्गल, शुक्र र शनि, दशौँ भावमा बुध र बृहस्पति, तपाईको आफ्नै राशि अर्थात् लग्न भावमा राहु एवं सातौँ भावमा केतु ग्रहले उपस्थिति जनाएको देखिन्छ । सूर्यलगायत अन्य ग्रहहरूको राम्रो फल प्राप्त हुने समय भए पनि मास प्रवेश लग्न आठौँ भावमा रहेकाले केही सचेतता अपनाएर अघि बढ्ने समय आएको छ । धेरै बटुल्ने इच्छा गर्दा मूल धन नै गुमाउने परिस्थिति बन्नेछ, त्यसैले दुराशा र महत्त्वाकाङ्क्षालाई थाती राखी शान्त र संयम भई आफ्नो काममा निरन्तरता दिनु राम्रो हुन्छ ।
त्यस्तै यस महिनामा राशिस्वामी शुक्रले भाग्य स्थान र कर्म स्थानको भ्रमण गर्ने हुँदा यो गरेका हरेक कर्मको सुनिश्चित सफलता पाउने समय हो । व्यक्तित्व विकास तथा भौतिक सुखसुविधा जुटाउने सिलसिलामा नयाँ विचार र भावनाको उदय हुनसक्छ, लक्ष्यप्रति गम्भीर भएमा लाभ मिल्ने समय छ । एघारौँ भाव अर्थात् राज्य स्थानमा सूर्यको प्रवेश भएको छ, यसको प्रभावले इच्छा र आकाङ्क्षा पूर्ण हुने समयका रूपमा यस महिनाको आगमन भएको छ । गरेका प्रयासमा चौतर्फी उन्नति हुने भएकाले समाजमा तपाईको इज्जत र प्रतिष्ठामा अझ बृद्धि हुनेछ । परीक्षा, प्रतियोगिता र अन्तर्वार्ताको तैयारी गरिरहेका जातकका लागि यो महत्त्वपूर्ण समय हो । यस पटकको मिहिनेतले नयाँ जागीर तपाईको हातमा आउने छ । स्वयं आफैंले वा जीवनसाथीले बढुवा-प्रशंसा पाउने योग छ । नातागोताका सदस्यहरूबाट सहायता मिल्नेछ । यस महिनामा गरिएका किनमेल र कारोबारहरू सफल हुनेछन् । करार र सम्झौताबाट लाभ मिल्नेछ । दाम्पत्य जीवन, घरायसी सुख, प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय हो । आय आर्जनका मार्गमा सुधार आउने छ । लामो यात्रा सुखद् र सफलतम सिद्ध हुनेछ । प्रेम जीवनमा भने कलह र विवादको सम्भावना देखिन्छ । यस महिनामा कुनै पनि अनिष्ट नहोस् र समग्रमा शुभ परिणाम प्राप्त होस् भन्ने ध्येयले तपाईले भगवान गणेशको पूजा गर्नुपर्छ, अविवाहित युवतीले हरियो रंगको कुनै वस्तु दान गर्नुपर्छ, भुस्याहा कुकुरलाई खानेकुरा दिनुपर्छ र कुनै आइतबारका दिन भगवान् शिव वा भैरवको मन्दिरमा गएर पूजाआजा गरिदिनुपर्दछ । सामान्यतया यस महिनाको २, ३, १०, ११, १२, १९, २०, २१, २९ र ३० गते तपाईका लागि अशुभ रहनेछन् । यस्तै, शुभ अङ्क ५, शुभ रङ्ग हरियो, शुभबार बुधबार रहेको छ ।
तुला: २०८२ चैत महिना कार्य सिद्धिका साथै सुख प्राप्त, जागिर पेशामा सुखद्, वैदेशिक कार्यमा कर्म सिद्धि हुने, मनमा डर उत्पन्न, महिनाको मध्यपछि अर्थ लाभ, बोलीमा प्रभाव बढ्ने, कृषि वैदेशिक होटेलसम्बन्धी काममा शुभ, अध्ययन शैक्षिक कार्यमा खराब, खनिजसम्बन्धी कार्यबाट नोक्सान, खराब कार्यबाट धन कमाउन मन लाग्ने हुनेछ । दलाली काममा लाभ, धुवाँधुलोसम्बन्धी कार्यबाट लाभ, टाढाको यात्रामा कष्ट, शेयर कारोबारमा लाभ, स्वास्थ्यमा बिर्सने बानी, टाउको सम्बन्धी समस्या, प्रेममा मनमुटाव रहेको छ । अध्ययनमा बढी मिहिनेत गर्नु पर्ने, अपरिचित व्यक्तिसँग सावधानी अपनाउनु पर्ने देखिएको छ । यस्तै सङ्क्रान्तिको समयमा तपाईको राशिबाट सातौँ भावमा मास प्रवेश लग्न परेको छ । त्यस्तै दशौँ भावमा सूर्य, दोस्रो भावमा चन्द्र, आठौँ भावमा मङ्गल, शुक्र र शनि, नवौं भावमा बुध र बृहस्पति, बाह्रौं भावमा राहु एवं छैटौँं भावमा केतु ग्रहले उपस्थिति जनाएको देखिन्छ । सातौँ भावमा मास प्रवेश लग्न परेकाले यो महिना व्यस्त दिनचर्याबाट टाढा रहेर स्वयं आफ्ना निमित्त अधिकतम समय बिताउने परिस्थिति छ, आफूभित्रको चलाखीपन र बुद्धिकौशलका माध्यमबाट जस्तै चुनौती देखिए पनि हल गर्न सकिने छ ।
उता राशिस्वामी बुधले यस महिनामा नवौं, दशौँ र एघारौँ भावको यात्रा गर्ने हुँदा तपाईले निकै आशावादी बनेर काम गर्ने महिना हो । यसको प्रभावले दीर्घ प्रयोजनको लाभमूलक काम अघि सार्ने हो भने योजना बनाउने, साझेदार र मतियारका बीचमा छलफल गर्ने, प्रशासनिक तौरतरिका बुझ्ने र प्रयास गर्ने समय आएको छ । दशौँ घरमा रहेको सूर्यको प्रभावले यो कडा मिहिनेत गरी आफ्नो कार्यक्षेत्रमा वर्चस्व स्थापना गर्ने समय हो । यो अत्यन्त क्रियाशील र व्यस्त रहने कर्मक्षेत्रको परीक्षणको समय हो । व्यापार र नोकरीका माध्यमबाट लाभ मिल्नेछ, हाकिम, मातापिता र वरिष्ठ व्यक्तित्वको सहयोग र सद्भाव मिल्नेछ । यस अवधिमा गरिएको कडा मिहिनेत र लगनशीलताको राम्रो परिणाम पाउन सक्नुहुन्छ । दैनिक व्यवहार र घरायसी वातावरणमा भने उतारचढाव भइरहनेछ । व्यवसायिक/व्यापारिक दृष्टिले फलदायी यात्राको सम्भावना छ । यस अवधिलाई सन्तोषजनक समयका रूपमा लिन सकिन्छ । अधिकतम आर्थिक समस्याहरू हल हुन सक्छन् । मिथुन राशिका लागि चैत महिना अधिकतम क्षेत्रमा सफलता प्राप्त हुने समय हो । यस अवधिमा राशिस्वामी बुधले नवौं, दशम र एकादश भावमा उपस्थिति जनाउने छ, परिणामतः भाग्यमा बृद्धि हुनेछ, नोकरी गर्नेले पदोन्नति पाउनेछन् । व्यापार-व्यवसायमा पनि उल्लेखनीय वृद्धि हुनेछ । नवौं घरमा देवगुरु बृहस्पतिको उपस्थितिका कारण विद्यार्थीहरूका लागि यो समय राम्रो रहनेछ र उनीहरू अध्ययनमा गम्भीरतापूर्वक लाग्नेछन् ।
यस अवधिमा दोस्रो भावमा शनि र मंगलको पूर्णदृष्टि रहने भएकाले घरपरिबारमा अशान्ति आउन सक्छ । सामान्य विषयमा चर्को बहस हुनसक्छ । तर यस अवधिमा तपाईको प्रेमजीवन आनन्दप्रद र अद्भुत रहनेछ । प्रेमको बन्धन बलियो रहनेछ र प्रेमीप्रेमिकाले विवाहको निर्णय पनि गर्न सक्नेछन् । व्यापार/व्यवसायमा प्रगतिका कारण आम्दानी बढ्नेछ । रोजगारीका लागि आम्दानीको बाटो खुल्नेछ। रोगको स्वामी मंगलको आठौँ घरमा उपस्थिति रहने हुँदा पारिवारिक स्वास्थ्य र दुर्घटनाप्रति सचेत हुनुपर्छ । पहिलेदेखि नै कुनै रोगबाट ग्रसित हुनुहुन्छ भने यस अवधिमा निकै सतर्कता अपनाउनु पर्छ । यो महिना ग्रहजन्य असुविधाको निबारण गर्न र मानसिक रूपमा सबल बन्न तपाईले सेतो कपडा दान गर्नुपर्छ । त्यस्तै प्रत्येक शुक्रबारका दिन बिहान नुहाउँदा शुद्ध जलमा थोरै काँचो दूध मिसाएर नुहाउने र माता लक्ष्मी वा गोमाताको सेवा गर्नाले पनि शुभ फलमा बृद्धि हुनेछ । यस महिनाको कुनै शनिबारका दिन शनि मन्दिर वा नजिकैको शिवालयमा गएर गरीवगुरुवालाई भोजन गराउँदा पनि शान्तिको अनुभूति हुनेछ र शुभतामा बृद्धि हुनेछ । सामान्यतया यस महिनाको ४, ५, ६, १३, १४, २२, २३ र २४ गते तपाईँका लागि अशुभ रहनेछन् । यस्तै, सरकारी जागिरमा शुभ, धैर्य अपनाउनु शुभ, स्पष्ट कुरा राख्दा शुभ रहने, शुभ अङ्क ३, शुभ रङ्ग सेतो, शुभबार आइतबार ।
वृश्चिक: २०८२ चैत वृहस्पति ग्रह अनुकूलका कारण शुभ रहेको, शिक्षासम्बन्धी कार्यबाट लाभ, आयात निर्यातसम्बन्धी कार्यबाट लाभ, राजनीतिकबाट लाभ, सुखका साथै नाम प्रख्यात रहने, बोल्ने कामबाट लाभ, जागिरमा अपमान बेहोर्नु पर्ने, विलासितासम्बन्धी कार्यमा नकारात्मक, धातुसम्बन्धी कार्यबाट नराम्रो, दलालीसम्बन्धी कार्यबाट लाभ मिल्नेछ । दुर्घटना बढ्न सक्ने, अपमान बेहोर्न पर्ने, शेयर कारोबारबाट लाभ, शिक्षासम्बन्धी कार्यबाट लाभ, रगत विकार बढ्ने, प्रेम तथा दाम्पत्य जीवनमा अरूको कारण खटपट बढ्ने, लामो यात्रामा प्राप्त, रोकिएका कामहरू बन्ने, खानपिनको कारण पेटसम्बन्धी समस्या पनि बढ्ने देखिन्छ । यस्तै, सङ्क्रान्तिको समयमा तपाईँको राशिबाट छैटौँं भावमा मास प्रवेश लग्न परेको छ र त्यस्तै नवौं भावमा सूर्य, पहिलो भावमा अर्थात् तपाईको आफ्नै राशिमा राशिस्वामी चन्द्र, सातौँ भावमा मङ्गल, शुक्र र शनि, आठौँ भावमा बुध र बृहस्पति, एघारौँ भावमा राहु एवं पाँचौं भावमा केतु ग्रहले उपस्थिति जनाएको देखिन्छ । छैटौँं भावमा मासप्रवेश लग्न परेका व्यक्तिगत स्वास्थ्यस्थितिप्रति निकै सचेतता अपनाउँदै अघि बढ्ने समय हो । खानपान र व्यायामको अनुशासनमा नरहनाले स्वास्थ्य कमजोर बन्न सक्छ । तर जीवनसाथीको मायालु व्यवहारले यो समय सुखद् बन्नेछ। तर पनि आर्थिक पक्ष र झैझगडा/कलहप्रति सावधान रहनुपर्ने हुन्छ ।
त्यस्तै संक्रान्तिका दिन तपाईँको राशिस्वामीको आफ्नै राशिमा उपस्थिति देखिन्छ, यसको प्रभावले नयाँ अवसर प्राप्त हुनुका साथै आम्दानीको वैकल्पिक बाटो पहिल्याउन सकिन्छ । मिहिनेतले प्रशस्त फाइदा दिलाउने समय हो, कुनै काम रोकिएको छ भने दोहोर्याएर प्रयास गर्नुहोस्, सफलता पाउन सकिन्छ । भाग्य भावमा विचरण गर्ने सूर्यको प्रभावले पिता, परिबार वा वंशकै मानसम्मान र प्रतिष्ठामा बृद्धि हुने महिना हो, चैत महिना । सन्तानले उन्नति/प्रगति गर्नेछन् । यो दृढ इच्छाशक्तिको उदय हुने समय हो । शरीरमा उत्साह र ऊर्जा भरिपूर्ण हुने समय छ । गरेको कर्ममा भाग्यको साथ पाउने समय छ । कार्यक्षेत्र र बन्द व्यापारको क्षेत्रमा पनि वर्चस्व स्थापना हुने समय हो । विदेश यात्रा वा वैदेशिक प्रयोजनका कामबाट फाइदा हुनेछ । यो सामाजिक गतिविधि, परोपकारी काम र दानधर्मको समय पनि हो । चैत महिनाले जीवनका अधिकतम क्षेत्रमा सफलताको ढोका खोल्नेछ । यसैगरी दशौँ घरको स्वामी मंगल र सातौँ घरको मालिक शनिश्चरले सातौँ भावमा नै उपस्थिति जनाएकाले साझेदारीको काम र वैदेशिक संस्थामा नोकरी गर्नेहरूलाई हरेक कदममा सफलता मिल्नेछ । यस अवधिमा नयाँ कामको सम्भावना पनि छ । वैदेशिक अध्ययनमा रहेका विद्यार्थीका लागि यो समय शुभ रहनेछ । विदेशमा अध्ययन गर्ने मौका मिल्नेछ । घरको वातावरण आनन्दप्रद रहनेछ ।
यसैगरी दोस्रो घरको स्वामी सूर्यले भाग्यभावमा उपस्थिति जनाएकाले परिबारभित्रका आपसी तनाव समाप्त हुनेछ । यद्यपि यस अवधिमा प्रेमजीवनमा केही कठिनाइ हुनसक्छ र प्रेमीसँग दूरी बढ्नसक्छ । रोजगारीमा बढुवा भएसँगै आम्दानीको बाटो खुल्नेछ । पूर्वार्द्धमा एघारौँ घरमा राहुको उपस्थिति रहेकाले आम्दानीमा वृद्धि हुनेछ । स्वास्थ्यको कुरा गर्ने हो भने महिनाको अन्त्यमा बृहस्पतिले भाग्य भावमा रहेकाले रोगबाट छुटकारा पाइनेछ। यो महिना सबै ग्रहहरू अनुकूल होऊन्, कुनै किसिमको समस्या नहोस्, उन्नतिप्रगतिमा देखिएका सबै बाधाअड्चनहरू हटून् भन्ने उद्देश्यले तपाईले दैनिक रूपमा हनुमान् चालिसा र बजरंग वाणको पाठ गर्नु ठीक हुन्छ । त्यसबाहेक कुनै तीर्थस्थलमा पुगेको बेलामा बाँदरलाई गुड़ र चना खान दिनु, प्रत्येक मंगलबारका दिन हनुमानजीलाई चारवटा केराको कोसा चढाउनु र सोमबारका दिन शिवलिंगमा अक्षताले पूजा गर्दा पनि लाभ मिल्नेछ । सामान्यतया यस महिनाको ६, ७, ८, १५, १६, २४, २५ र २६ गते तपाईका लागि अशुभ रहनेछन् । यस्तै, शुभ अङ्क ९, शुभ रङ्ग निलो, शुभबार सोमबार रहेको छ ।
धनु: २०८२ चैत महिनाको सुखका साथै धन प्राप्त, स्थान परिवर्तन भई अर्थ लाभ, सुखको अनुभूति बढ्ने, आत्म सन्तुष्टि बढ्ने, सेतो सामग्री कला सङ्गीत खेलकुद मनोरञ्जनसम्बन्धी कार्यबाट लाभ, शेयर कारोबारमा नोक्सान, हाइड्रो सम्बन्धी कामबाट लाभ, सेतो रङ्गको काम गर्ने शेयर कारोबार राम्रो, अल्छीको कारण स्वास्थ्यमा खराब, आफन्तबाट नोक्सान हुने, प्रेम तथा दाम्पत्यमा सुख, सम्पत्तिलाभ, यात्रा रमाइलो, शिक्षामा अल्छीपन आउने, अपत्यारिलो देखिए पनि कार्यमा सफल हुनेछ । यस्तै, सङ्क्रान्तिको समयमा तपाईको राशिबाट दशौँ भावमा मास प्रवेश लग्न परेको छ, त्यस्तै तपाईको आफ्नै राशि अर्थात् लग्न भावमा सूर्य, पाँचौं भावमा चन्द्रमा, एघारौँ भावमा मङ्गल, शुक्र र शनि, बाह्रौं भावमा बुध र बृहस्पति, तेस्रो भावमा राहु एवं नवौं भावमा केतु ग्रहले उपस्थिति जनाएको देखिन्छ । कर्मक्षेत्रमा मास प्रवेश लग्न परेकाले यो महिना अरूलाई प्रभावित पारेर काम बनाउने समय हो । सामाजिक दायित्व थपिने छ । कार्यक्षेत्रमा हाकिम वा गुरुवर्ग तथा घरमा अभिभावकको विचार र भावना ग्रहण गर्ने दिन हो, सेवाचाकरीमा पनि समय दिनुपर्ने हुन्छ । त्यस्तै राशिस्वामी बृहस्पतिले यस महिनाको अधिकांश समय बाह्रौं भावको यात्रा गर्नेछन्, जबकि चैत २६ गतेपछि राशिस्वामी देवगुरुले तपाईको आफ्नै राशिको यात्रा प्रारम्भ गर्नेछन्, अतः यो महिना हरेक क्रियाकलापमा आर्थिक पक्ष बाधक बन्ने समय छ । आशा र महत्त्वाकांक्षा त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ । गरेका प्रयास र उद्यममा अलिबढी सङ्घर्ष र चुनौती झेल्नुपर्ने हुन्छ । महिनाको अन्त्यसम्ममा अधिकतम् समस्याहरू हल हुने बाटोमा अघि बढ्नेछन् ।
आफ्नै राशिमा पदार्पण गरेको सूर्यको प्रभावले तपाईँले पेसा, व्यवसाय, रोजगारी आदिमा केही राम्रा र शुभ अवसरहरू प्राप्त गर्न सक्नुहुन्छ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनसक्छ । यो महिना धनधान्यमा बृद्धि हुनेछ, यस अवधिमा धनसम्पत्ति र सुखसुविधा आर्जन गर्ने पक्षमा आकर्षित रहनुहुनेछ । छोटो दूरीको यात्रा हुने सम्भावना छ, जुन सुझबुझ र लगनशीलताका कारण फलदायक सिद्ध हुनेछ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ । यो समय अल्छी गर्ने वा अकर्मण्य हुने होइन काम गरेर देखाउने समय हो । त्यसैले लक्ष्य प्राप्त गर्न प्रयास गर्नुपर्छ, सफलताले तपाईँको हात चुम्नेछिन् । आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना हुनेछ, तपाईँमा अहङ्कार र आडम्बरको भावना पनि विकसित हुन सक्छ । स्वास्थ्यस्थितिमा उतारचढाव आइरहनेछ, त्यस्तै स्वास्थ्यस्थितिमा असर पर्ने वा परिवारका कुनै सदस्य अस्वस्थ हुने सम्भावना समेत छ, सचेतता अपनाउनु बेस हुनेछ । तपाईँको आफ्नै राशिमा सूर्यले गोचर गर्ने यो महिना मीन राशिका जातकका निमित्त मिश्रित प्रभावको रहनेछ । यता, राशिस्वामी बृहस्पतिले महिनाको अधिकतम समय बाह्रौं भावको यात्रा गर्ने तथा प्रारम्भमा अस्तावस्थामा समेत रहेकाले खासगरी पेसाव्यवसाय र करियरमा संघर्ष र कठिनाइ उत्पन्न हुनसक्छ, काममा बाधा आउनुका साथै तपाईँले यस अवधिमा मानसिक तनावबाट गुज्रनु पर्ने हुन्छ । विद्यार्थीका लागि पनि यो समय सहज छैन ।
पञ्चम भावमा शनिश्चर ग्रहको पूर्णदृष्टि रहनाले कडा परिश्रम गरेमा मात्र राम्रो रिजल्ट निकाल्न सकिनेछ । शनिको यो अशुभ दृष्टि बेबीप्लान गरिरहेका जोडीहरूमा पनि पर्ने सम्भावना हुन्छ । त्यसैगरी पाँचौं भावमा मंगल र शनिको पूर्णदृष्टि रहनाले प्रेमजीवनमा पनि समस्या आउनेछ, प्रेमीप्रेमिकाका आपसमा विचारमा मनोमालिन्य देखिनसक्छ । तर आर्थिक दृष्टिले यो समय राम्रै रहनेछ । एघारौँ भावमा डेरा जमाएर बसेको शनिको प्रभावले व्यापार-व्यवसायमा पूर्ण लाभ हुनेछ । अझ निजी क्षेत्रसँग सम्बद्ध व्यक्तिहरूले धेरै लाभ प्राप्त गर्नेछन् र प्रगति गर्न सक्नेछन् । छैठौं भावमा मंगल र शुक्रको पूर्णदृष्टि रहेकाले स्वास्थ्यपक्ष बलियो देखिन्छ । यो महिना कुनै पनि समस्याबाट गुज्रनु नपरोस् भन्ने उद्देश्यले तपाईले नियमित रूपमा भगवान् विष्णुको आराधना र उपासना गर्नु ठीक हुन्छ । यसका लागि हरेक हप्ताको बिहीबारका दिन श्री विष्णुसहस्रनामस्तोत्रको पाठ गर्नुहोस् । सकिन्छ भने हरेक दिन स्नान गर्दा शुद्ध जलमा बेसार मिसाएर नुहाउनु ठीक हुन्छ, त्यस्तै आइतवारका दिन सेतो आँकको बोटमा जलार्पण गर्नु र स्याहारसुसार गर्नु उपयोगी हुनेछ । सामान्यतया यस महिनाको १, ८, ९, १०, १७, १८, १९, २६, २७ र २८ गते तपाईँका लागि अशुभ रहनेछन् । यस्तै, शुभ अङ्क ९, शुभ रङ्ग निलो, शुभबार सोमबार रहेको छ ।
मकर: २०८२ चैत महिनाको सुख प्राप्त, अर्थ लाभ, शृङ्गारिक मनोरञ्जन कलासङ्गीत, पर्यटन क्षेत्रमा लाभ, तरल पदार्थ, दूध, जुससम्बन्धी कार्यबाट लाभ, धना लाभ, शिक्षा अभियान परामर्शसम्बन्धी कामबाट लाभ, वाणीबाट धनलाभ, शत्रुबाट कार्यमा बाधा, जागिरमा अपमान बेहोर्न पर्ने, धातुबाट नोक्सान, प्रेममा सफलता, चोरी हुने, दुर्घटनामा पर्न सक्ने देखिन्छ । भूमि, औषधि, सेना पुलिसमा रहेकालाई अलि नोक्सान, हाइड्रो तथा बैङ्कसम्बन्धी शेयर कारोबारबाट लाभ, स्वतथ्यमा आँखा र रक्तसम्बन्धी विकार बढ्ने, माथिल्लो पुस्तासितको संगतबाट लाभ, यात्रामा अवरोध, शिक्षामा लाभ, गुरुजनको आज्ञाबाट लाभ रहेको, मुद्दा मामिला दुर्घटनामा पर्न सक्ने, आगो, हतियारसम्बन्धी कार्यबाट सावधानी अपनाउनु पर्ने हुन्छ । यस्तै, सङ्क्रान्तिको समयमा तपाईँको राशिबाट एघारौँ भावमा मास प्रवेश लग्न परेको छ, त्यस्तै दोस्रो भावमा सूर्य, छैटौँं भावमा चन्द्र, बाह्रौं भावमा मङ्गल, शुक्र र शनि, तपाईको आफ्नै राशि अर्थात् लग्न भावमा बुध र बृहस्पति, चौथो भावमा राहु एवं दशौँ भावमा केतु ग्रहले उपस्थिति जनाएको देखिन्छ । मासप्रवेश लग्नको विचार गर्दा यो महिना समाजसेवा र राजनीति गर्नेले मानसम्मान पाउनेछन् । राज्यपक्षबाट हुनुपर्ने काममा सफलता पाइने छ । आत्मविश्वास र पराक्रममा बृद्धि हुनेछ । लाभमूलक काममा मनको आकर्षण रहनेछ ।
त्यस्तै राशिस्वामी शनिदेवको बाह्रौँ भावको यात्रालाई त्यत्ति सकारात्मक मान्न सकिंदैन, यस अवधिमा वैदेशिक प्रयोजनको काम अथवा दूरदराजमा रहेको सम्पत्तिको उपयोग गरी फाइदा बटुल्ने समय छ । परिस्थिति र बाध्यताका काममा रुमल्लिनुपर्ने हुन्छ, नियमित र व्यवहारिक खर्च बढ्नसक्छ र आर्थिक सङ्कटले मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । दोस्रो घर अर्थात् धन भावमा चैत महिनाभरि सूर्यदेवको उपस्थिति रहनेछ । यसको प्रभावले कार्यक्षेत्रमा सफलता आर्जन गर्न सकिने र सम्मान बढ्ने समय आएको छ, सामाजिक सर्कलमा नाम/सुनाम चल्ने र साख बढ्ने संकेत छ । यो धनबृद्धि गर्न कडा मिहिनेत गर्ने समय हो । समग्रमा सूर्यको यस गोचरको प्रभाव सन्तोषप्रद नै रहे पनि दोस्रो भावमा बसेका क्रूर ग्रहले केही अशुभ परिणाम पनि प्रदान गर्दछन्, जस्तै, दोस्रो भाव भनेको मुख पनि हो । बोलीमा कडापन देखिने छ । अब एक महिनासम्म मुखलाई नियन्त्रणमा राखेको जाति हुन्छ । यसै अवधिमा आवेग, क्रोध र अहङ्कार पनि बढ्ने खतरा छ, अतः प्रकृतिमा अलि कडापन र कठोरता देखापर्नसक्छ । शारीरिक तनाव र बोझलाई झेल्नसक्ने सामथ्र्य हुँदाहुँदै पनि पारिवारिक झैझमेला र समस्या बढ्नाले मन विचलित हुनसक्छ र पारिवारिक जीवनमा निराशापना देखिने सम्भावना हुन्छ, सचेत हुनुपर्छ । मकर राशिका व्यक्तिहरूका लागि चैत महिनामा करियर तथा आर्थिक दृष्टिले राम्रो फल प्राप्त हुनेछ ।
तपाईँको आफ्नै राशिमा बृहस्पति र शुक्र ग्रहको युतिसम्बन्ध बन्ने भएकाले नोकरी गर्ने व्यक्तिले पदोन्नति पाउनेछन् । व्यापार–व्यवसायमा पनि उन्नति नै हुनेछ । पञ्चम भावमा बृहस्पतिको पूर्णदृष्टि रहेकाले विद्यार्थीहरूले राम्रो अंक प्राप्त गर्नेछन्। राशिस्वामी शनिको बाह्रौं भावमा उपस्थिति रहेको छ, यसको प्रभावले कुनै पुरानो विषय कोट्याउनाले घरपरिवारमा तनावमा बृद्धि हुनसक्छ तर दोस्रो घरमा सूर्यको उपस्थिति रहेकाले परिवारमा पहिलेको भन्दा बढी आत्मीयता देखापर्नेछ । तपाईँले यस अवधिमा परिवारमा केन्द्रीय भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । प्रेमजीवन राम्रो रहनेछ । पञ्चमेश बुधले तपाईको आफ्नै राशि, धन भाव र तृतीय भावको यात्रा गर्ने भएकाले प्रेमीसँगको मनमुटाव हट्नेछ। लभमेटसँग अविस्मरणीय समय बिताउने मौका मिल्नेछ । धेरै व्यक्तिको लवस्टोरी शुरू हुने सम्भावना पनि देखिंदैछ । सूर्यले दोस्रो भावको यात्रा गर्ने हुँदा आर्थिक अवस्था मजबुत रहनेछ र धनको निरन्तर प्रवाह भइरहनेछ । यस अवधिमा तपाईलाई सानातिना रोगले सताउनसक्छ तर छैटौँ भावमा शनिको पूर्णदृष्टि रहेकाले ठूलो रोगको सम्भावना देखिँदैन । यो महिना कुनै पनि समस्या नआओस्, ग्रहहरू अनुकूल होऊन्, शुभ ग्रहको बलमा बृद्धि होस्, निर्णय र काममा समस्या नरहोस् भन्नाखातिर तपाईले निष्ठाका साथमा राशिस्वामी शनिदेवको बीज मन्त्रको जप गर्नु आवश्यक देखिन्छ । यस अतिरिक्त घोडाको नालको औँठी लगाउनु, हरेक शनिबारका दिन तोरीको तेल र कालो मासको दाल दान गर्नु र बुधबारका दिन मुँगको दाल दान गर्नु पनि तपाईका लागि लाभदायक ठहरिनेछन् । सामान्यतया यस महिनाको २, ३, १०, ११, १२, १९, २०, २१, २९ र ३० गते तपाईका लागि अशुभ रहनेछन् । यस्तै, शुभ अङ्क १, शुभ रङ्ग गुलाबी, शुभबार शुक्रबार रहेको छ ।
कुम्भ: २०८२ चैत महिनामा सुखका साथै श्रीप्राप्ती, कीर्ति बढ्ने, यस बढ्ने, पराक्रम बढ्ने, अरूले विश्वास गर्ने, नेतृत्वमा सफलता, राजनीतिमा लाभ, जागिरमा लाभ, वैदेशिक रोजगारी कार्यमा लाभ, तामासम्बन्धी कार्यमा लाभ, वैदेशिक आयात निर्यात कार्यलाभ हुनेछ । सुखका साथै अर्थ लाभ रहने, साहस बढ्ने, जग्गा जमीन ढुङ्गा होटेल आर्मी, पुलिस, औषधिसम्बन्धी कार्यबाट लाभ, विरोधीहरू परास्त हुने, शत्रुले दुःख दिने, कृषि कार्यमा नोक्सान, हरियो कार्यमा नोक्सान, पुत्रलाभ, सन्तान सुख, मनोरञ्जन कलासङ्गीत, पर्यटन, शृङ्गारिक कार्यबाट लाभ, आत्म सन्तुष्टि बढ्ने, रात्रि धातुसम्बन्धी कार्यबाट सावधानी, दुर्घटनामा पर्ने, शेयर कारोबारबाट लाभ, विलासिताका कारोबारमा लाभ, धातुसम्बन्धी शेयर किन्दा लाभ, नशासम्बन्धी समस्या बढ्ने, आमासँगको सम्बन्धमा सुधार, प्रेम तथा दाम्पत्यमा सम्बन्धमा सुधार, घुमफिरको यात्रा हुने, शिक्षामा मन कमलाग्ने, विपरीत लिङ्गको साथबाट फाइदा हुने, चोटपटक लाग्न सक्ने देखिन्छट । यस्तै, सङ्क्रान्तिको समयमा तपाईको राशिबाट बाह्रौं भावमा मास प्रवेश लग्न परेको छ ।
त्यस्तै तेस्रो भावमा सूर्य, सातौँ भावमा चन्द्र, तपाईँको आफ्नै राशि अर्थात् लग्न भावमा मङ्गल, शुक्र र शनि, दोस्रो भावमा बुध र बृहस्पति, पाँचौं भावमा राहु एवं एघारौँ भावमा केतु ग्रहले उपस्थिति जनाएको देखिन्छ । मास प्रवेश लग्न बाह्रौं भावमा परेकाले खर्चका कटौती गरी आर्थिक पक्षमा सचेतता देखाउने समय छ । अवसर प्राप्तिका निमित्त दौडधूप र परिश्रम गर्ने समय हो, तर आफ्ना भावनालाई नियन्त्रणमा राखी व्यवहार गर्नु समुचित हुन्छ, नत्र यसबाट अरुलाई मात्र होइन, आफू स्वयंलाई समेत हानी पुग्नसक्छ । राशिस्वामी शनिश्चरको आफ्नै राशिमा उपस्थिति रहेकाले सधैं झैं यस महिनामा पनि जोशजाँगर, ऊर्जा र नयाँ उत्साह जाग्ने समय हो, जसका कारण तपाईमा खुसी र प्रशन्नताको सीमा हुनेछैन । विजय र सफलताले जताततै पछ्याउन सक्छ तर अहङ्कारबाट टाढा रहनु र आफ्नो दृष्टिकोणलाई प्रष्टसँग राख्नु समुचित हुनेछ । तृतीय भावलाई ज्योतिषमा पराक्रम स्थान भन्ने गरिन्छ । चैत महिनामा यसै भावमा सूर्यले भ्रमण गर्नेछन् । यसको प्रभावले तपाईमा आत्मबल, सामर्थ्य र हिम्मतको सञ्चरण हुनेछ । पराक्रम र प्रसिद्धिमा बृद्धि हुनेछ । अधिकतम समय घुमघाम र भ्रमणमा बित्नेछ, साथै ससाना यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछन् । पारिवारिक जीवन सुखद् रहनेछ, घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्ध सुदृढ हुनेछ । नातेदार, मित्रशक्ति र दाजुभाइबाट लाभ मिल्नेछ । सामाजिक र परोपकारी काममा सहयोग लिनदिन सकिने छ । व्यक्तिगत सम्बन्धहरूमा सुधार हुनेछ, आत्मिक आनन्द र सुखको अनुभूति गर्न पाउनु हुनेछ ।
कार्यक्षेत्रमा उन्नति-प्रगतिको अवसर मिल्नेछ । यो महिना प्रगति र सफलता मिल्ने समय हो। यस अवधिमा तपाईको राशिस्वामी शनिश्चर ग्रहले तपाईँको आफ्नै राशिको यात्रा गर्नेछ, जबकि दशम भावको मालिक शुक्रले पनि प्रथम भाव र द्वितीय भावको यात्रा गरेको समय हो । उता चतुर्थ र लाभ भावको मालिक मंगल ग्रहले समेत अधिकांश समय तपाईको आफ्नै राशिको यात्रा गर्नेछ । भाग्येश बुधले यस अवधिमा दोस्रो, तेस्रो र चौथो घरको यात्रा गर्नेछ । यस्तो परिस्थितिले कार्यमा सफलता मिल्नेछ, बन्दव्यापारमा लाभ हुनेछ, अध्ययनअध्यापनको क्षेत्रमा रहेकाहरूले पनि विशेष सफलता पाउन सक्छन्, नयाँ ज्ञान प्राप्तिको अवसर मिल्नेछ । घरपरिवारमा आपसी प्रेम कायम रहनेछ । प्रेम र मित्रताको मामिलामा आफूलाई भाग्यमानी ठान्ने अनुकूलता मिल्नेछ, यस अवधिमा पञ्चमेश शुक्रको दोस्रो भावको यात्रावधिमा अझ साँचो प्रेमको अनुभूति हुनेछ । दाम्पत्य जीवनमा जीवनसाथीसँग राम्रो पल बिताउने र अनुभूति सेयर गर्ने मौका मिल्नेछ । यस अवधिमा दाम्पत्य जीवनमा केही तनावको क्षण पनि आउनसक्छ, तर तपाईको वक्तृत्व र अभिनयले यस अवधिमा काम गर्नेछ । आर्थिक पक्ष बलियो रहनेछ ।
बृहस्पतिको दोस्रो भावको यात्रावधि भएकाले धन लाभ हुनेछ । स्वास्थ्य पनि आमरूपमा सुदृढ रहनेछ । यो महिना कुनै पनि अप्ठ्यारो नपरोस्, ग्रहहरूको शुभफलमा बृद्धि होस्, राशिस्वामी शनिदेवको बाह्रौं घरमा उपस्थिति हुँदा प्राप्त हुने अशुभ फल निवारण होस् भन्ने उद्देश्यले तपाईले हरेक शनिवारका दिन छाता, जुत्ता, फलाम, तोरीको तेल वा कुनै कालो सामान दान गरिदिनु राम्रो हुन्छ । त्यस्तै दैनिक रूपमा भगवान् सूर्यको स्तोत्र आदित्य हृदय स्तोत्र, नील शनि स्तोत्र पाठ गरेमा पनि लाभ नै हुनेछ, त्यस्तै शुक्रबारका दिन माता दुर्गाको मन्दिरमा खिर प्रसाद चढाउने र गरीव दुःखीलाई वितरण गरेमा पनि लाभदायक नै ठहरिने छ । सामान्यतया यस महिनाको ४, ५, ६, १३, १४, २२, २३ र २४ गते तपाईका लागि अशुभ रहनेछन् । यस्तै, शुभ अङ्क ६, शुभ रङ्ग पहेँलो, शुभबार सोमबार रहेको छ ।
मीन: २०८२ चैत महिना मानसिक शक्ति बढ्ने, बोलीमा प्रभावकारिता बढ्ने, अन्नसम्बन्धी अध्ययनसम्बन्धी कार्य, कृषिसम्बन्धी कार्यबाट लाभ, शत्रुबाट पीडा भय, सन्तानबाट लाभ, विलासिताका काम विपरीत लिङ्गबाट लाभ, दलाली काम, बारुदसम्बन्धी कामबाट अर्थ लाभ, जागिर, पदप्रतिष्ठामा आँच आउने, शिक्षामा व्यापारमा घाटा, शेयर कारोबारमा लाभ मिल्नेछ ।श्वास प्रश्वासमा समस्या, आफन्तसंगको सम्बन्धमा राम्रो, प्रेम तथा दाम्पत्यमा लाभ, यात्रामा चोरी हुनसक्ने, आरोप लाग्ने, धैर्यता अपनाउनु पर्ने, सुखका साथै अर्थ लाभ पनि हुनेछ । यस्तै, सङ्क्रान्तिको समयमा तपाईको राशिबाट तपाईको आफ्नै राशि अर्थात् लग्न भावमा मास प्रवेश लग्न परेको छ, त्यस्तै चौथो भावमा सूर्य, अष्टम भावमा चन्द्रमा, दोस्रो भावमा मङ्गल, शुक्र र शनि, तेस्रो भावमा बुध र बृहस्पति, छैटौँं भावमा राहु एवं बाह्रौं भावमा केतु ग्रहले उपस्थिति जनाएको देखिन्छ । यस महिनामा तपाईको आफ्नै राशिमा मास प्रवेश लग्न परेको छ, यसको प्रभावले मनमा उत्साह र शरीरमा स्फूर्तिको उदय हुनेछ । सबैले व्यक्तित्व र कार्यशैलीको प्रशंसा गर्नेछन्, खुट्टा तान्ने र कुरा काट्नेहरू अब आफैं तर्किएर हिंड्नेछन् । उता राशिस्वामी बृहस्पतिले यस महिनाको अधिकांश समय तृतीय भावको र अन्त्यतिर चतुर्थ भावको यात्रा गर्नेछन् । यसको प्रभावले कुनै नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने त्यसका लागि अनुकूल समय छ, तर शङ्कास्पद र कमजोर पक्षका बारेमा जानकार व्यक्ति वा साथीभाइसँग छलफल गरेमा हाँके–ताकेको काममा अझ धेरै उपलब्धि लिन सकिने छ । यस महिनाभरि सूर्यको गृहसुखसम्बद्ध चतुर्थ भावको यात्रा हुनेछ । हुन त यो समयावधि व्यावसायिक गतिविधिमा संलग्न व्यक्तिले पर्याप्त लाभ पाउने समय हो ।
आयआर्जनका नयाँनयाँ अवसरहरू मिल्नेछन्। भौतिक सामाग्री, भोगविलास र सुखसुविधामा बृद्धि हुने समय हो, परिणामतः कमाएको धन सञ्चित नहुने महिना हो । नयाँ घरघडेरीको जोहो गर्ने मानसिकता भएका व्यक्तिका लागि यो महिना उक्त कामका लागि उचित समय हुनसक्छ । सूर्यले प्रदान गर्ने सकारात्मक फल यी भए पनि चतुर्थ भावमा बसेको क्रूर ग्रहको मानसिक उलझन बल्झाउने परिणाम प्राप्त हुने गर्दछ । मातापिताको स्वास्थ्यस्थिति कमजोर हुन्छ, खासगरी पिता वा कार्यक्षेत्रका सिनियर्ससित मनमुटाव र तिक्तता बढाउने समय हो । यस अवधिमा जीवनका कुनै आयाममा सफलता प्राप्त हुनेछ भने कुनै कुनै क्षेत्रमा समस्या र चुनौती झेल्दै अघि बढ्नुपर्ने हुन्छ । दशौँ घर र सप्तम भावको मालिक बुधले यस अवधिमा तेस्रो, चौथो र पाँचौँ भावको यात्रा गर्ने हुँदा कार्यमा सफलता मिल्नेछ । यस अवधिमा रोजगारीका नयाँ अवसरहरू उपलब्ध हुनेछन् र सरकारी क्षेत्रमा कार्यरत व्यक्तिहरूले लाभ पाउन सक्छन् । विद्यार्थीहरूले कडा परिश्रम गर्नुपर्नेछ, यद्यपि प्रतियोगितात्मक परीक्षाको तैयारी गरिरहेका विद्यार्थीहरूले सफलता पाउन सक्छन् । कतिपय विद्यार्थीले वैदेशिक अध्ययनका लागि अनुकूलता प्राप्त गर्नेछन् । पारिवारिक जीवन सुखमय हुनेछ र दोस्रो घरमा शनिको उपस्थितिको लाभ प्राप्त हुनेछ । घरका सदस्यहरूसँग राम्रो सम्बन्ध रहनेछ । महिनाको अन्त्यमा पाँचौं भावमा बुधको उपस्थितिले प्रेमजीवन पनि राम्रो रहनेछ, प्रेमीप्रेमिकाको आपसी सम्बन्ध र विश्वासमा बृद्धि हुनेछ । यो महिना आर्थिक उन्नतिका लागि उपयुक्त समय हो । शनिको अन्त्य साढेसातीको प्रभाव यथावत रहेकाले कडा परिश्रम गर्नुपर्छ, तर यसको प्रतिफलसमेत प्राप्त हुनेछ। बन्दव्यापारमा राम्रो आम्दानी हुनेछ ।
रोजगारीका लागि आम्दानीको स्रोत खुल्नेछ । तर स्वास्थ्यमा केही समस्या आउनसक्छ । राशिस्वामी बृहस्पतिको महिनाको मध्यभागमा षष्ठेश शुक्रसँग युति बन्नाले मानसिक समस्या र तनावमा बृद्धि हुन सक्छ । यो महिना कुनै पनि समस्या नदेखियोस्, ग्रहहरूका नकारात्मक ऊर्जाको समाप्ति होस् र सकारात्मक ऊर्जा प्राप्त भइरहोस् भन्ने उद्देश्यले तपाईले यस महिनामा हरेक बिहीबारका दिन केराको बोटमा जलार्पण गरी पूजाआजा गरिदिनु ठीक हुन्छ । त्यस्तै दैनिक रूपमा श्री विष्णुसहस्रनामस्तोत्रको पाठ गर्नु पनि लाभकारी ठहरिने छ । त्यस्तै हरेक बिहीवारका दिन व्रत लिई भगवान् विष्णुको पूजादि गरिदिनु तथा मंगलबारका दिन हलुवा पकाएर बालबालिकालाई खुवाउनु पनि शुभता प्राप्त हुने उपाय हो । सामान्यतया यस महिनाको ६, ७, ८, १५, १६, २४, २५ र २६ गते तपाईँका लागि अशुभ रहनेछन् । यस्तै, शुभ अङ्क २ र ६, शुभ रङ्ग घ्यू, सोमबार लाभ रहेको छ ।