arrow

संयुक्त राष्ट्रसङ्घद्वारा 'अन्तर्राष्ट्रिय आरोग्य दिवस' पारित

राष्ट्रसङ्घले मनाउने भयो नेपालले प्रस्ताव गरेको 'आरोग्य दिवस'

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २७ बुधबार
united-nations.jpg

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको महासभाले नेपालको विशेष प्रस्तावमा 'अन्तर्राष्ट्रिय आरोग्य दिवस' सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। महासभाले आज उक्त प्रस्ताव पारित गरेसँगै अबदेखि विश्वभर हरेक वर्ष अप्रिल १५ का दिन यो दिवस मनाइने भएको छ।

संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाका अनुसार, पारित प्रस्तावमा स्वास्थ्यको परिभाषालाई व्यापक बनाउँदै यसले केवल रोगको अनुपस्थितिलाई मात्र नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक तथा पर्यावरणीय समग्र कल्याणलाई बुझाउने उल्लेख गरिएको छ।

राजदूत थापाले यस प्रस्तावले विश्वभर सुदृढ र दिगो समाज निर्माणका लागि रोकथाममुखी स्वास्थ्य सेवा, स्वस्थ जीवनशैली तथा समावेशी स्वास्थ्य प्रणालीलाई प्रवद्र्धन गर्नुपर्ने आवश्यकतामा विशेष जोड दिएको जानकारी दिए।

प्रस्ताव पारित गर्ने प्रक्रियामा सहयोग र समर्थन गर्ने सबै मित्रराष्ट्रहरूप्रति आभार व्यक्त गर्दै राजदूत थापाले यसलाई नेपालका लागि एक महत्त्वपूर्ण कूटनीतिक उपलब्धिको रूपमा व्याख्या गरे। यो दिवसको घोषणाले विश्वभर स्वस्थ जीवनशैली र मानव कल्याणका क्षेत्रमा नेपालको सफ्ट पावर र नेतृत्वदायी भूमिकासमेत स्थापित गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ