काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज बिहान आफ्नो मताधिकार प्रयोग गरेका छन्। उनले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्र पुगेर मतदान गरेका हुन्।
अध्यक्ष ओली आफ्नै गृहजिल्ला झापाको क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फका उम्मेदवार समेत रहेका छन्। मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले निर्वाचनले मुलुकमा स्थिरता र समृद्धि ल्याउने विश्वास व्यक्त गरे।
आज देशभर प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ १िलो स्थानका लागि मतदान भइरहेको छ। बिहान ७ बजेदेखि नै सुरु भएको मतदान कार्य देशभर शान्तिपूर्ण र उत्साहजनक रूपमा जारी रहेको निर्वाचन आयोगले जनाएको छ।