arrow

विश्वव्यापी चुनौती सामना गर्न क्षेत्रीय सहयोग अनिवार्य छ: परराष्ट्र सचिव राई

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २९ बिहिबार
saarc-meets.jpg

काठमाडौँ । नेपालले बदलिँदो विश्व परिवेशमा क्षेत्रीय सहयोग आवश्यक मात्र नभई अनिवार्य भएको बताएको छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ६२औँ बैठकलाई सम्बोधन गर्दै परराष्ट्र सचिव तथा सार्क स्थायी समितिका अध्यक्ष अमृतबहादुर राईले यस्तो धारणा राखेका हुन्। 

आजको विश्वव्यापी चुनौती र अनिश्चितताका बीचमा क्षेत्रीय सहयोगको महत्त्व झन् बढेको भन्दै उनले राष्ट्रिय प्रयास र विश्वव्यापी प्रक्रियालाई जोड्ने पुलका रूपमा क्षेत्रीय सहकार्य अत्यावश्यक भएकोमा जोड दिएका छन्।

समारोहमा सार्कका महासचिव गोलाम सरवारले सार्कले विगत चार दशकमा हासिल गरेका उपलब्धिको स्मरण गरे। उनले क्षेत्रीय सहकार्यको आकाङ्क्षालाई अब वास्तविक व्यवहारमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। 

आज समापन हुने यस बैठकले सार्क सचिवालयको बजेट र विभिन्न महत्वपूर्ण कार्यक्रमहरूलाई अनुमोदन गर्ने कार्यसूची रहेको छ। बैठकमा नेपालसहित बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ