arrow

राष्ट्रपतिको जापान भ्रमण स्वीकृत : यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

फागुन १ देखि बढ्ने भयो प्रहरीको रासन बापतको दैनिक रकम

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १५ बिहिबार
cabinet-sushila-10-12.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल यही माघ १८ गते जापान भ्रमणमा जाने भएका छन्। बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनको नेतृत्वमा रहने प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा आयोजित विशेष कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल जापान जान लागेका हुन्। उनी माघ १८ देखि २१ गतेसम्म तीन दिने भ्रमणमा रहनेछन्।

यसैगरी, मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका लागि खुसीको खबर ल्याएको छ। बैठकले आगामी फागुन १ गतेदेखि लागू हुने गरी प्रहरीको रासन स्केल र रासन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। "२०८२ फागुन १ गतेदेखि लागू हुने गरी नेपाल प्रहरीको रासन स्केल र रकम वृद्धि गर्ने निर्णय गरिएको छ," मन्त्री अर्यालले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ