arrow

भारतले मनायो ७७ औँ गणतन्त्र दिवस, कान्तिपथमा शक्ति प्रदर्शन [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १२ सोमबार
modi-2026-1-126yyy.jpg
तस्बिर – गणतन्त्र दिवस कार्यक्रममा उर्सुला भोन डेर लेयन, प्रधानमन्त्री नरेन्द्र मोदी र एन्टोनियो कोस्टा ।

नयाँदिल्ली । भारतले ७७ औँ गणतन्त्र दिवस मनाएको छ । गणतन्त्र दिवसमा राजधानी नयाँदिल्लीस्थित कर्तव्यपथमा राष्ट्रको शक्ति प्रदर्शन गरियो । यस वर्ष परेडको विशेष सांस्कृतिक विषयवस्तु ‘वन्दे मातरम्’ (स्वतन्त्रताको मन्त्र) थियो। 

पहिलो पटक दुई प्रमुख अतिथि युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन रहे ।

यस वर्ष, गणतन्त्र दिवस परेडमा ६०६५ सहभागीहरूले भाग लिएका थिए । परेडको फ्लाई–पास्टमा २९ विमानहरू (१६ लडाकु विमान, ४ यातायात विमान र ९ हेलिकोप्टरसहित) ले प्रदर्शन गरेका थिए । 

परेडमा देशभरका २५०० कलाकारहरूले सांस्कृतिक प्रदर्शनमा भाग लिएका थिए । सेना मार्चिङ टोली बाहेक, पशु दल र विशेष बल एकाइहरू पनि उपस्थित थिए ।

राजधानी नयाँ दिल्लीस्थित कर्तव्य पथमा आयोजना भएको मुख्य समारोहको नेतृत्व राष्ट्रपति द्रौपदी मुर्मूले गरेकी छिन् ।

राष्ट्रपति भवनदेखि राष्ट्रिय युद्ध स्मारकसम्म फैलिएको कर्तव्य पथ भारतको संविधान, सांस्कृतिक विविधता, सैन्य शक्ति र विकास यात्रालाई झल्किने गरी सजाइएको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय युद्ध स्मारकमा सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेपछि परेड अवलोकन गरेका छन् । 

परेडमा थलसेना, नौसेना र वायुसेनाका आकर्षक झाँकी, अत्याधुनिक हतियार प्रणाली, मिसाइल, ट्याङ्क, ड्रोन प्रविधि र स्वदेशमै विकसित रक्षा उपकरण प्रदर्शन गरिएको छ ।

यस वर्ष पहिलो पटक भारतीय सेनाको ब्याटल एरे फम्र्याट प्रस्तुत गरिएको छ ।

साथै, परमवीर चक्र र अशोक चक्र प्राप्त वीरहरूलाई सम्मान गरिएको छ । ‘विविधतामा एकता’ र ‘आत्मनिर्भर भारत’को सन्देशसहित ३० ओटा झाँकीले भारतको सांस्कृतिक सम्पदा र प्रगतिलाई उजागर गरिएको छ । 

मोदीले दिए एकताको सन्देश–
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई बधाई तथा शुभकामना दिएका छन् । सामाजिक सञ्जाल एक्समार्फत उनले एकताको सन्देशसमेत दिएका छन् । 

मोदीले भनेका छन्, ‘गणतन्त्र दिवस हाम्रो स्वतन्त्रता, संविधान र लोकतान्त्रिक मूल्यमान्यताको शक्तिशाली प्रतीक हो । यो पर्वले हामीलाई राष्ट्र निर्माण गर्ने संकल्पका साथ अगाडि बढ्न नयाँ ऊर्जा र प्रेरणा दिन्छ। स्वतन्त्रताले ओतप्रोत देशको समृद्धि कहाँ छ, त्यसैले स्वतन्त्रता प्राप्त गर्नुपर्छ, एकता नै स्वतन्त्रताको माध्यम हो।’

india-jan-26-2026yyy (3).jpg
india-jan-26-2026yyy (4).jpg
india-jan-26-2026yyy (5).jpg
india-jan-26-2026yyy (6).jpg
india-jan-26-2026yyy (7).jpg
india-jan-26-2026yyy (8).jpg
india-jan-26-2026yyy (9).jpg
india-jan-26-2026yyy (10).jpg
india-jan-26-2026yyy (11).jpg
india-jan-26-2026yyy (12).jpg
india-jan-26-2026yyy (13).jpg
india-jan-26-2026yyy (14).jpg
india-jan-26-2026yyy (15).jpg
india-jan-26-2026yyy (16).jpg
india-jan-26-2026yyy (1).jpg
india-jan-26-2026yyy (2).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ