arrow

बागी उम्मेदवार र समर्थकलाई नेकपाको 'डण्डा': सिन्धुलीदेखि सिराहासम्मका नेताहरू कारबाहीमा

हरिबोल गजुरेल र कुलप्रसाद केसीसहित सात नेता पार्टीबाट निष्कासित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १० शनिबार
haribol-gajurel.jpg

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीको आधिकारिक निर्णय र निर्देशनविपरीत गतिविधि गरेको भन्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना सात जना प्रभावशाली नेता तथा कार्यकर्तालाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ। 

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले शनिबार (माघ १० गते) एक संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी मनोनयन दर्ता गराउने, त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक बस्ने तथा विपक्षीको प्रचारप्रसारमा संलग्न हुनेहरूलाई पार्टीबाट निष्कासन गरिएको जानकारी दिए।

यसरी कारबाहीमा पर्नेहरूमा सिन्धुलीका प्रभावशाली नेता हरिबोल गजुरेल र महेश्वर दाहाल रहेका छन्। त्यस्तै दाङका कुलप्रसाद केसी, उदयपुरका मेजर राई तथा सिरहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साहलाई पनि पार्टी अनुशासन उल्लङ्घन गरेको अभियोगमा निष्कासन गरिएको छ। 

संयोजकद्वयले जारी गरेको विज्ञप्तिमा पार्टी विधानको दफा १०६ बमोजिम उनीहरूमाथि यो कडा अनुशासनको कारबाही गरिएको उल्लेख छ। निर्वाचनमा पार्टीलाई एकढिक्का बनाएर लैजाने प्रयास भइरहेका बेला आफ्नै नेताहरूबाट असहयोग र चुनौती आएपछि नेतृत्वले यो कदम चालेको बुझिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ