arrow

बालेन पाथीभरा माताको शरणमा [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ९ शुक्रबार
balen-pathibhara-82-10-9 (7).jpg

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लडेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र साह बालेन पाथीभरा माताको शरणमा परेका छन् । बालेन ताप्लेजुङको पाथीभरा दर्शन गर्न पुगेका हुन् । 

बालेन चुनावी अभियानमा रहेकै बेलामा आज बिहान पाथीभरा माताको दर्शन गर्न पुगेका हुन् । काठमाडौँ महानगरपालिकाको मेयरको कार्यकाल नसकिँदै बालेनले उक्त पदबाट राजीनामा दिएर फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा होमिएका हुन् । 

मेयर हुँदाका स्वतन्त्र उम्मेदवार बालेन रास्वपामा प्रवेश गरी भावी प्रधानमन्त्रीका रूपमा चुनावी मैदानमा उभिएका हुन् । 

उनी ओलीको गृहजिल्ला झापा ५ बाट ओलीविरुद्ध मैदानमा उत्रिएका छन् । 

एमालेले जित्दा ओलीले सरकार सम्हाल्ने छन् भने रास्वपाले जित्दा र बालेन विजयी भएमा बालेन प्रधानमन्त्री हुनेछन् । 

यसैले पनि यो क्षेत्रलाई निकै महत्वका साथ हेरिएको छ । 

balen-pathibhara-82-10-9 (6).jpg
balen-pathibhara-82-10-9 (7).jpg
balen-pathibhara-82-10-9 (1).jpg
balen-pathibhara-82-10-9 (2).jpg
balen-pathibhara-82-10-9 (3).jpg
balen-pathibhara-82-10-9 (4).jpg
balen-pathibhara-82-10-9 (5).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ