नियात्राकार सापकोटाको 'यात्राको लय'को दोस्रो संस्करण सार्वजनिक
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ८ बिहिबार
870
Shares
काठमाडौँ । नियात्राकार प्रदीप सापकोटाको नियात्रा कृति 'यात्राको लय' को दोस्रो संस्करण सार्वजनिक भएको छ । राजधानीमा बुधबार आयोजित कार्यक्रममा प्राडा लक्ष्मणप्रसाद गौतम, श्रीओम श्रेष्ठ रोदन, प्रमोद प्रधान, डा सृजना शर्मा, छविरमण सिलवाल, लेखनाथ हुमागाईं, केशव पराजुली र नियात्राकारले उक्त कृति सार्वजनिक गरे ।
कार्यक्रमका प्रमुख अतिथि प्राडा गौतमले सापकोटाको नियात्रा सरल र पाठकलाई डोर्याएर लाने सामाथ्र्य भएको बताए । कृतिमाथि परिचर्चा गर्दै वरिष्ठ समालोचक प्रधानले सापकोटाको नियात्रा द्धन्दकालीन समयको चित्र भएको बताए ।
उनले भने, 'निजात्मक अनुभूति र जानकारीमूलक नियात्रा लेखनीमा लागेका सापकोटाको कृतिले स साना दृश्यलाई अनुभूतिमय ढंगले लेखिएको छ ।'
लेखकका गुरु लेखनाथ हुमागाईंले आफ्नो शिष्यको साहित्य सिर्जनाले खुशी भएको भन्दै उनको विद्यालय जीवनको समेत जानकारी दिए ।
अर्का चर्चाकार डा सृजना शर्माले कृतिले विभिन्न यात्राका क्रममा भोगेका दुःख र पीडा,राष्ट्रियता र छिमेकीका हेपाहा प्रवृत्तिको बारेमा चर्चा गरिएको बताइन् ।
कृतिले पाठकलाई संगै घुमाउने उनको भनाई थियो । यात्राको लयले पूर्वदेखि सुदुर पश्चिमसम्मका विभिन्न स्थानहरुसम्म पाठकलाई लैजान्छ ।स्थानीयता, अनुभूति र श्रीओमले स्रष्टा नियात्रा मात्र नभएर निजात्मक निबन्ध लेखनीमा समेत क्रियाशील स्रष्टा भएको बताए ।
भुँडीपुराण प्रकाशनका केशव पराजुली,साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, नियात्राकार पवन आलोक, साहित्यकार किशोर पहाडीले शुभकामना मन्तव्य राखेको उक्त कार्यक्रमको सभापतित्व श्रीओम श्रेष्ठ रोदनले गरेका थिए ।
नियात्राकार सापकोटाले आफू लेख्न रहर गर्ने व्यक्ति भए पनि असल पाठक भएको बताए ।
सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यक्रमको सहजीकरण प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवाल तथा स्वागत कोषाध्यक्ष तारा केसीले गरेकी थिइन् ।