काठमाडौँ । बंगलादेशको ढाकामा सरस्वती पूजाका लागि धमाधम सरस्वतीको मूर्ति बनाइँदै छ । एक मूर्तिकारले ढाकामा सरस्वती पूजा महोत्सवका लागि माटोको मूर्तिमा रङ लगाइरहेका हुन् ।
सरस्वती पूजा आगामी शुक्रबार परेको छ । पछिल्लो समय हिन्दूहरूमाथि आक्रामण बढाइरहेका छन् । तीन साताको अन्तरमा छ जनाको हत्या भए पनि आस्था भनेको आस्था नै भएको यो मूर्ति निर्माणले देखाइरहेको छ ।