काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना दिँदै देशमा विध्वंसात्मक प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो सन्देश सार्वजनिक गर्दै उनले रचना, निर्माण र विकासको बाटोमा लाग्न सबैलाई आह्वान गरेका हुन्।
अध्यक्ष ओलीले लेखेका छन्, “आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, ध्वंश, आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य गर्दै रचना, निर्माण, विकास र संरक्षणको मनोवल बढाऔं! सबैलाई राष्ट्रिय एकता दिवसको शुभकामना!”
उनले आफ्नो सन्देशमार्फत वर्तमान राजनीतिक परिप्रेक्ष्यमा देशको संरक्षण र विकासका लागि सकारात्मक सोचको आवश्यकता रहेको औँल्याएका छन्। राष्ट्र निर्माता पृथ्वीनारायण शाहले सुरु गरेको एकीकरणको जगलाई सम्मान गर्दै अबको लक्ष्य सुशासन र समृद्धि हुनुपर्ने उनको आशय देखिन्छ।