arrow

बहुलाएको स्यालले आक्रमण गर्दा पाँच जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २५ शुक्रबार
jackle253.jpg
तस्बिर : फाइल

रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिकामा स्यालको टोकाइबाट पाँच जना घाइते भएका छन् । बिहीबार राति पैदल हिँडिरहेको अवस्थामा बौलाएको स्यालले एक्कासी आक्रमण गर्दा दुर्गा भगवती वडा नम्बर २ र ३ का बासिन्दाहरू घाइते भएका हुन्।

घाइते भएका व्यक्तिहरू आज शुक्रबार बिहानै उपचारका लागि गौरस्थित प्रादेशिक अस्पताल पुगेका छन् । उनीहरूले अस्पतालमा एन्टि–रेबिज भ्याक्सिन लगाएको बुझिएको छ।

पछिल्लो समय रौतहटमा जनावरको आक्रमणका घटनाहरू बढ्दै गएका छन् । दुई दिनअघि मात्रै जिल्लाको गढीमाई नगरपालिकामा बौलाहा कुकुरले टोक्दा ५० जनाभन्दा बढी बालबालिका तथा वृद्धवृद्धाहरू घाइते भएका थिए।

चिसो मौसम र बाक्लो हुस्सु लाग्ने समय भएकाले स्याल, कुकुर लगायतका जनावरहरूले लुकेर आक्रमण गर्न सक्ने जोखिम बढेको छ । यस्तो अवस्थामा बाटो हिँड्दा विशेष सावधानी अपनाउन र सतर्क रहन स्थानीय प्रशासन तथा सरोकारवालाहरूले आग्रह गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ