arrow

भारतको जीडीपी ७.४ प्रतिशतले बढ्ने प्रक्षेपण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २५ शुक्रबार
india-flag.jpg

काठमाडौँ । भारतको संघीय सरकारले आर्थिक वर्ष २०२५/२६ (१ अप्रिल २०२५ देखि ३१ मार्च २०२६) मा मुलुकको वास्तविक कुल गार्हस्थ्य उत्पादन ७दशमलव४ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार यो प्रक्षेपण अघिल्लो आर्थिक वर्षको ६दशमलव५ प्रतिशतको आर्थिक वृद्धिदर भन्दा माथि छ ।

तथ्याङ्क कार्यालयका अनुसार आगामी आर्थिक वर्षमा भारतको नोमिनल जीडीपी आठ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

भारतीय अर्थतन्त्रको यो विस्तारमा मुख्यतया सेवा क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने औँल्याइएको छ ।

सेवा क्षेत्रमा देखिएको निरन्तरको उत्साहजनक वृद्धिले समग्र अर्थतन्त्रलाई गति दिएको एनएसओले जनाएको छ ।

यो प्रक्षेपणले भारतीय अर्थतन्त्र सुधारको बाटोमा रहेको र आन्तरिक माग तथा सेवा क्षेत्रको प्रदर्शन बलियो रहेको सङ्केत गर्दछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ