काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगमा बयान दिएका छन् ।
गत भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाको छानबिनका शिलशिलामा आयोगले ओलीसँग सोधपुछ गरेको हो ।
ओलीसँग आन्दोलनका बेला भएको घटनाबारे विस्तृत सोधपुछ भएको बताइएको छ । आयोगले यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखक, काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह बालेन लगायतसँग बयान लिइसकेको छ ।
आयोगले अन्य सरोकारवाला तथा सुरक्षा निकायका उच्च अधिकारीसँग पनि बयान लिइसकेको जनाएको छ ।