arrow

नेकपाको नयाँ मापदण्ड

पूर्व सांसद र मन्त्रीहरू यसपटक नेकपाको समानुपातिक सूचीमा नपर्ने

पटक-पटक पद ओगट्ने नेताहरूलाई यसपालि टिकट छैन, नयाँ अनुहारलाई अवसर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १४ सोमबार
nepali-communist-party-prachanda.jpg

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले यसअघि प्रतिनिधि सभामा प्रत्यक्ष वा समानुपातिकबाट सांसद बनेका, मन्त्री भइसकेका वा राष्ट्रिय सभा सदस्य रहेका नेताहरूलाई यसपटकको समानुपातिक सूचीमा नराख्ने निर्णय गरेको छ। पार्टीका मुख्यसचिव गणेशमान पुनका अनुसार शीर्ष नेतृत्वबीच भएको यो सहमतिले राजनीतिमा नयाँ र युवा पुस्तालाई अवसर दिने लक्ष्य राखेको छ।

विशेष गरी भदौको 'जेन-जी' आन्दोलनपछि बदलिएको राजनीतिक परिवेशलाई सम्बोधन गर्न नेकपाले उम्मेदवार छनोटमा नवीनता ल्याउन खोजेको देखिन्छ। यस निर्णयले पटक–पटक पदमा दोहोरिने प्रवृत्तिलाई निरुत्साहित गर्दै समावेशी र नयाँ नेतृत्वलाई संसद्मा पुर्‍याउने अपेक्षा गरिएको छ।

आज बन्दसूची बुझाउने अन्तिम दिन निर्वाचन आयोगको कार्यतालिका अनुसार आज (पुस १४ गते) अपराह्नसम्म दलहरूले समानुपातिकतर्फको बन्दसूची बुझाउनुपर्नेछ। प्रतिनिधिसभाको कुल २७५ सिटमध्ये ११० सिट समानुपातिक निर्वाचन प्रणालीबाट छनोट हुने व्यवस्था छ। आयोगले आइतबार र सोमबार दुई दिनको समय दिएकोमा आज अन्तिम दिन भएकाले निर्वाचन आयोगमा दलहरूको बाक्लो उपस्थिति रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ