एजेन्सी । विश्व प्रसिद्ध बालुवा कलाकार सुदर्शन पटनायकले क्रिसमसको पूर्वसन्ध्यामा भारतको पूर्वी ओडिसा राज्यको समुद्र तटमा एक हजार किलोग्रामभन्दा बढी स्याउ प्रयोग गरेर शान्ता क्लज सिर्जना गरेका छन् ।
विशाल बालुवाका मूर्तिहरू सिर्जना गरेर परिचित पटनायकले १दशमलव५ टन स्याउ प्रयोग गरेर चम्किलो रातो रंगको शान्ता क्लज बनाए ।
जुन लगभग ६० फिट लम्बाइ र ४५ फिट चौडाइको थियो । विश्व शान्तिको कामना गर्दै शान्ताको सिर्जन गरिएको हो ।
पटनायक र उनको टोलीले लामो समय लगाएर स्थापना गरेको उक्त सिर्जनालाई आगन्तुकहरूले चमत्कार भनेका छन् ।
गत वर्ष पटनायकले चक्लेटबाट बालुवाको मूर्ति बनाएका थिए ।
शान्ता क्लजको विश्वको सबैभन्दा ठूलो क्यान्डी चकलेट र बालुवा स्थापनाको रूपमा भारतको विश्व रेकर्ड बुकमा पनि स्थान बनाएको थियो।