arrow

मन्त्रिपरिषद्को निर्णय

योजना आयोगको उपाध्यक्षमा डा. श्रेष्ठ नियुक्त, भारुको सीमा तोकियो [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २९ सोमबार
jagadish-sanchar-mantri.jpg

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले योजना आयोगको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। आयोगको सदस्यमा प्रा.डा. सुनीति श्रेष्ठ नियुक्त हुनुभएको छ।

मन्त्री खरेलले दिएको जानकारी अनुसार, मन्त्रिपरिषद्ले सेवा प्रवाहलाई सरलीकरण गर्न एक महत्त्वपूर्ण निर्णय गरेको छ। प्रचलित कानूनमा व्यवस्था भएकोमा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजको आधिकारिकताका लागि आईटिका (हुलाक टिकट) टाँस्ने अभ्यास प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय गरेको छ।

यसैगरी, सरकारले भारतीय मुद्राको सम्बन्धमा पनि नयाँ व्यवस्था गरेको छ। सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भएका भारतीय रुपैयाँ रु २०० र रु ५०० दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारतीय रुपैयाँ २५ हजारको सीमासम्म भारतबाट नेपालमा भित्र्याउन र नेपालबाट भारतमा लैजानसक्ने व्यवस्था गरेको मन्त्री खरेलले बताए।

अन्तमा, विभिन्न राजनीतिक दल र सरोकारवालाहरूसँग वार्ता गर्नका लागि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय भएको छ। संवाद समितिको संयोजकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा र सदस्यहरूमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ