arrow

फागुन २ देखि कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २७ शनिबार
nike-football.ashx.jpg.jpeg

इटहरी । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आगामी फागुन २ देखि फागुन ९ गतेसम्म तेस्रो संस्करणको अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

आयोजक ‘द योङ ब्रदर्स क्लब’ इटहरीले  शनिबार पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिइएको हो ।

क्लबका संरक्षक विकास केसीका अनुसार प्रतियोगितामा भारतसहित नेपालका नाम चलेका आठ ओटाको टिम सहभागी हुनेछन् । 

 

प्रतियोगितामा प्रथम हुने टोलीलाई चार लाख चार हजार र उपविजेतालाई दुई लाख दुई हजार २०० नगद पुरस्कार प्रदान गरिनेछ ।

 हरेक खेलमा ‘म्यान अफ द म्याच’ घोषित हुने खेलाडीलाई जनही सात हजार प्रदान गरिनेछ ।

सर्वोत्कृष्ट खेलाडीलाई रु २० हजार प्रदान गरिनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ