देशको ढुंगामा लेखिए झैँ
नयाँ पुस्ताको आशा बनेर
उज्यालो लिएर हिड्ने नाम – गगन थापा
जुन आँखामा जनताको पीडा छ
जुन ओठमा सत्य बोल्ने दृढता छ र
मुटुमा देश बदल्ने
अथक साहस र स्व्च्छ यात्राको बाचा छ
भ्रष्टता रोक्न आवाज उठाउने
राष्ट्रको नक्सा उज्यालो बनाउने सपना बोकेका खुट्टाहरु
जनताको घर दैलो सम्म पुगेर सुनिदिने मन उनको चिनारी हो
गगन नाममात्र होइन
विचारको पहिचान हो
बदलावको बाटो
साहसको भाषा
र
नयाँ नेपालको ज्योति हो
युवाहरुको ढुकढुकीमा उनकै नाम प्रतिध्वनतित हुन्छ
हामी सक्छौँ भन्न सिकाउने उनको भरोसाले देश चलायमान हुन्छ
देशको मुहार फेर्ने युवा नेता गगन थापा
आजको आशा ,भोलिको भरोसा र
परिवर्तनको उज्यालो यात्रा हाम्रो गगन थापा
उनको हरेक कदम
युवाहरुको आश हो।
उनको हरेक शब्द भोलिको गन्तव्य हो
उनको हरेक सपना देश बदल्ने नक्सा हो
गगन थापा केवल नेतामात्र होइनन्
देश पुनर्जन्मको प्रस्तावना हुन्
युवा पुस्ताको प्रमाणीकरण हुन्
परिवर्तनको सम्भावनामा विश्वास दिलाउने
चलायमान उज्यालो हुन् ।