arrow

चार मन्त्रीले सम्हाले कुर्सी [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २६ शुक्रबार
four-ministers-oath-82-8-26.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी र रासस ।

काठमाडौँ । नवनियुक्त चार मन्त्रीहरुले आज पद तथा गोपनीयताको सपथ लिएसँगै पदभारसमेत ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नाम, श्रम, रोजगार तथा तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, वन तथा वातावरणमन्त्री माधव चौलागाईं र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठलाई सपथ गराएका हुन् । 

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनीहरुलाई राष्ट्रपति पौडेलले नियुक्त गरेका हुन् । 

शपथ खाएसँगै नवनियुक्त मन्त्रीहरुले मन्त्रालयमा गएर पदभारसमेत गरेका छन् । उनीहरुलाई मन्त्रालयका कर्मचारीले स्वागत गरेका थिए । 

गत भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्को सङ्ख्या आजको विस्तारसँगै १४ पुगेको छ ।

गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि भदौ २७ गते प्रधानमन्त्री कार्कीको नेतृत्वमा गठित मन्त्रिपरिषद् यसअघि गत भदौ ३०, असोज ६ गते र कात्तिक ९ गते विस्तार भएको थियो ।

चौथोपटक मन्त्रिपरिषद् विस्तार भएसँगै अब मन्त्री थपिँदैनन् वा थपिन्छन् त्यसको निश्चितता छैन । किनभने चार मन्त्रालय अझै खाली छन् । त्यस्तै राज्यमन्त्रीहरु पनि थपिएका छैनन् ।

संविधानमा २५ भन्दा बढाउन नपाइने भए पनि मन्त्रिपरिषद् सानो बन्दा भने देशलाई धेरै फाइदा हुने विश्लेषण गरिन्छ । 

मन्त्रीहरु थपिए पनि यो सरकारको प्रमुख दायित्य चुनाव भएकाले धेरै अपेक्षा गर्ने स्थिति छैन । 

ministers-4--82-8-26qq (4).JPG
ministers-4--82-8-26qq (3).jpg
ministers-4--82-8-26qq (2).jpg
ministers-4--82-8-26qq (1).jpg
ministers-4--82-8-26qq (15).jpg
ministers-4--82-8-26qq (14).jpg
ministers-4--82-8-26qq (13).jpg
ministers-4--82-8-26qq (12).jpg
ministers-4--82-8-26qq (11).jpg
ministers-4--82-8-26qq (10).jpg
ministers-4--82-8-26qq (9).jpg
ministers-4--82-8-26qq (8).jpg
ministers-4--82-8-26qq (7).jpg
ministers-4--82-8-26qq (6).jpg
ministers-4--82-8-26qq (5).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ