प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच सिंहदरबारमा भेटवार्ता
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २१ आइतबार
938
Shares
काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटवार्ताका क्रममा उनीहरूबीच आगामी निर्वाचन र देशको समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको छ।
प्रधानमन्त्री कार्कीलाई भेट्नुअघि पूर्वराष्ट्रपति भण्डारीले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको सिंहदरबारसहित संसद भवन, सर्वोच्च अदालत लगायतका सरकारी भवनहरूको अवलोकन एवं निरीक्षण गरेकी थिइन्।