सुदूरपश्चिम प्लेअफमा पुग्दा अविनाश बोहोरा खुसी, जनकपुर दबाबमा
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १४ आइतबार
656
Shares
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान सुरक्षित गरेपछि टोलीका खेलाडी अविनाश बोहोराले टोलीले राम्रो खेलेर प्लेअफमा पुग्दा धेरै खुशी रहेको बताएका छन्।
पहिलेदेखि नै घरेलु खेलाडीको प्रदर्शन राम्रो हुनुपर्ने आफ्नो धारणा रहेको र आज सोहीअनुरूप ब्याटिङ हुँदा खुशी लागेको उनले उल्लेख गरे। उनले अब बाँकी खेलमा ध्यान दिएर खेल्ने धारणा राखेका छन्। टोलीले दिएको भूमिका अनुरूप जित प्रदर्शन गर्न पाएकोमा खुसी रहेको उनले उल्लेख गर्दै सुदूरपश्चिमको टिम धेरै राम्रो रहेको उनको भनाइ छ।
यता, लगातार चौथो हारपछि जनकपुर बोल्ट्सका ब्याटिङ प्रशिक्षक अनिल मण्डलले ब्याटिङमा राम्रो गर्न नसकिएको र आजको खेलमा १०/१५ रन कम भएको बताएका छन्। उनले टोली अझै प्रतियोगिताबाट आउट नभएको उल्लेख गर्दै बाँकी खेलमा जित निकाल्ने लक्ष्य रहेको धारणा राखेका छन्। उनले चोटका कारण नियमित कप्तान अनिल साहलाई आराम दिइएको बताएका छन्।