arrow

एकता सन्देश सभाले निर्वाचनका लागि दबाब सिर्जना गर्ने प्रचण्डको दाबी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ९ मंगलबार
pushpakamal-dahal-prachanda-nekapa.jpg

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिर १२ गतेदेखि आफूहरूले गर्न लागेको एकता सन्देश सभाले निर्वाचनका लागि दबाब सिर्जना गर्ने बताएका छन् । 

अखिल नेपाल ट्रेड युनियनले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नेकपा (मोवादी केन्द्र), एकीकृत समाजवादी सहितका विभिन्न कम्युनिष्ट घटक दलहरू मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीको धनगढीदेखि विराटनगरसम्म एकता सन्देश सभा गर्न लागिएको बताए ।

एकता सन्देश सभामा लाखौँ जनता उपस्थिति हुने उल्लेख गर्दै उनले त्यहाँबाट निर्वाचनको वातावरण बनाउन जनता र राजनीतिक दललाई अपिल गर्ने बताए । 

उनले एकता सन्देश सभाले सरकारलाई पनि निर्वाचनको गर्न प्रोत्साहन र दबाब दुवै सिर्जना हुने उनको दाबी छ ।

हाल देखापरेको असहज परिस्थितिलाई सहज बनाउन आफूहरू अघि बढ्ने उनले बताए । 

उनले भने, ‘हामीले पार्टी एकता सन्देशसभा भनेर पर्सी १२ गतेदेखि धनगढीबाट सभा शुरू गर्देछौँ र विराटनगरसम्म पुग्दैछौँ । त्यहाँ हामी लाखौँ नेपाली जनतालाई एकताको सन्देश प्रवाहित पनि गर्नेछौँ र निर्वाचनको निम्ति वातावरण बनाउन जनतलाई अपिल पनि गर्नेछौँ । राजनीतिक दललाई अपिल गर्नेछौँ । सरकारलाई निर्वाचनको वातावरण बनाउन गम्भीर पहलको निम्ति हामीले एकातिर उत्प्रेरित गर्नेछौँ भने अर्कोतिर कहीँ न कहीँ दबाब पनि सृष्टि गर्नेछौँ । र देशमा अहिले देखापरेको असहज परिस्थितिलाई सहज बनाउन हामी अगाडि बढ्नेछौँ ।’ 

उनले देशभक्त वामशक्ति नेपाली कम्युनिष्ट पार्टीमा गोलबन्द हुँदै जाने पनि बताए । उनले नेपाली कम्युनिष्ट पार्टीमा युवाको आकर्षण रहेको पनि दाबी गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ