रौतहट । रौतहटको गौरमा विद्युतीय करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।
गौर नगरपालिका वडा नं ८ स्थित वीरबहादुर साहको नवनिर्मित चार तल्ले घरको छतमाथि खेलिरहेका बालकको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको हो ।
रौतहट प्रहरीका सूचना अधिकारी एवं डीएसपी विष्णुप्रदीप बस्यालका अनुसार सुनील साहका पाँच वर्षीय छोरा रितिककुमार साहको करेन्ट लागेर मृत्यु भएको हो ।
मौलापुर नगरपालिका-४ पतौरा घर भएर गौर नगरपालिका वडा नं ५ स्थित वीरबहादुरको घरमा डेरा गरी बसिरहे पनि उनकै वडा नं ८ मा निर्माण भइसकेका चार तल्ले घरको कौशीमा खलिरहेको अवस्थामा करेन्ट लागेको उनले जानकारी दिए ।
घटना सम्बन्धमा अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।