पक्राउ परेका दुर्गा प्रसाईंलाई तत्काल छोड्न ओलीको माग
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ३ बुधबार
1k
Shares
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पक्राउ गरिएका दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न सरकारसँग जोडदार माग गरेका छन्।
उनले प्रसाईंलाई 'बोलेबापत' वा 'भिडियो सार्वजनिक गरेबापत' पक्राउ गर्नु मानव अधिकारको गम्भीर उल्लंघन भएको जिकीर गरे।
ओलीले प्रसाईंको गिरफ्तारी 'स्वीकार्य नहुने' बताउँदै भने, “मानव अधिकार आयोगले भनिसकेको छ–बोलेबापत नै थुन्नु मानव अधिकारको उल्लंघन हो। सरकारलाई मानव अधिकारको उल्लंघन गर्ने अधिकार छैन। सरकारले छोड्नुपर्छ, पछि हट्नुपर्छ।”
अध्यक्ष ओलीले सरकारले 'बोलेबापत आक्रोशित, उत्तेजित भएर' प्रसाईंलाई पक्राउ गरेको आरोप लगाउँदै सरकारले एमालेलाई 'मुसाले बिरालो खेदे जसरी' पेल्ने प्रयास गरिरहेको बताए।