भगवान् हनुमानबारे टिप्पणी गरेको भन्दै फिल्म निर्माता राजामौलीविरुद्ध उजुरी
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ३ बुधबार
997
Shares
काठमाडौं। भारतका चर्चित फिल्म निर्माता एसएस राजामौली विरुद्ध प्रहरीमा उजुरी परेको छ। हैदराबादमा आयोजित एक फिल्म प्रमोशन कार्यक्रममा उनले भगवान् हनुमानबारे दिएको कथित टिप्पणीमार्फत हिन्दूहरूको धार्मिक भावनामा आघात पुर्याएको आरोपमा उनि विरुद्ध उजुरी परेको हो।
वानर सेना संगठनले राजामौली विरुद्ध उजुरी दर्ता गरेको प्रहरीले जनाएको छ। राजामौलीले नोभेम्बर १५ मा आफ्नो आगामी फिल्म ‘वाराणसी’ को प्रमोशन कार्यक्रममा सहभागिता जनाएका थिए। सोही अवसरमा प्राविधिक समस्याका बीच उनले “म सूर्यामि भगवान् हनुमानमा विश्वास गर्दिनँ” भन्ने अभिव्यक्ति दिएको दाबी उजुरीमा गरिएको छ।
सारूरनगर प्रहरी कार्यालयका एक अधिकारीका अनुसार, वानर सेनाले उजुरी दायर गरे पनि अहिलेसम्म मुद्दा दर्ता गरिएको छैन। प्रहरी अधिकारीले भने, “हामीले उजुरी प्राप्त गरेका छौँ र यस विषयमा आवश्यक अनुसन्धान भइरहेको छ।”
राजामौलीको आगामी फिल्म ‘वाराणसी’ सन् २०२७ को मकर सङ्क्रान्तिमा प्रदर्शनमा आउने तय गरिएको छ। फिल्ममा महेश बाबु, पृथ्वीराज सुकोमरन र प्रियंका चोपडासहित मुख्य कलाकारहरूको उपस्थिति थियो।