arrow

स्वीट्जरल्याण्ड विश्वकपमा, कोसोभोलाई मौका

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ३ बुधबार
switzerland-football-25-11-19.jpg

काठमाडौँ। स्वीट्जरल्याण्ड लगातार छैटौँ पटक विश्वकपमा छानिन सफल भएको छ । गएरातिको खेलमा कोसोभोसँग १–१ गोलको बराबरी खेल्दै स्वीट्जरल्याण्ड यूईएफए छनोटको पहिलो चरणको समूह बीको विजेता बन्दै सन् २०२६ को विश्वकपमा स्थान सुरक्षित गरेको हो । 

स्वीट्जरल्याण्ड १४ अंकसहित शीर्ष स्थानमा रहेर विश्वकपमा पुगेको छ । ११ अंकबाट दोस्रो स्थानको कोसोभो अर्को चरणमा पुगेको छ । कोसोभो पहिलो पटक विश्वकप खेल्न भरमग्दूर प्रयास गरिरहेको छ । 

स्लोभेनिया ४ अंकसहित तेस्रो तथा स्वीडेन २ अंकसहित पुछारमा रह्यो ।

गएरातिको खेलमा स्वीडेन र स्लोभेनियालले १–१ को बराबरी खेले । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ