arrow

स्पेन ३१ खेलसम्म अपराजित रहँदै पुग्यो विश्वकपमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ३ बुधबार
spain-turkeye-football.jpg

काठमाडौँ । स्पेन ३१ खेलमा अपराजित रहँदै विश्वकप फुटबलमा पुगेको छ । गएरातिको खेलमा टर्किएसँग २–२ गोलको बराबरी खेलेसँगै स्पेनले युरोपमा आफ्नो प्रभावशाली अपराजित यात्रा ३१ खेलसम्म लम्बाएको हो । 

बराबरीसँगै युईएफए छनोट पहिलो चरणको समूह ईमा १६ अंकसहित स्पेन विश्वकपमा छनोट भएको हो । 

१३ अंकबाट दोस्रो स्थानमा रहेको टर्किए अर्को छनोट चरणमा पुगेको छ । समान ३ अंकका जर्जिया र बुल्गेरिया बाहिरिएका छन् । 

गएरातिको अन्तिम छनोटमा बुल्गेरियाले जर्जियालाई २–१ ले हरायो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ