काठमाडौँ। एनपीएल (नेपाल प्रिमियर लिग) सिजन २ का लागि जनकपुर बोल्ट्स र क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज बीच स्पोन्सरशिप सम्झौता भएको छ। बुधबार आयोजित एक कार्यक्रमकाबीच सम्झौतामा औपचारिक हस्ताक्षर गरिएको हो।
सम्झौतापत्रमा जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरज खतिवडा र क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिश गौतमले हस्ताक्षर गरेका छन्।