काठमाडौँ। सरकार र नागरिक बचाउ अभियानका संयोजक एवं व्यवसायी दुर्गा प्रसाईंको समूहबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता सुरु भएको छ।
बुधबार बिहान गृह मन्त्रालयमा प्रसाईंको समूहसँग सरकारले छलफल गरेको हो, तर प्रसाईं स्वयं भने वार्तामा सहभागी छैनन्।
प्रसाईंको समूहबाट सङ्गठन विभाग प्रमुख तिजेन्द्रप्रसाद रायमझी, अभियानका प्रवक्ता माधवप्रसाद खतिवडा र सदस्य देवीप्रसाद संग्रौला लगायतका सदस्यहरू सहभागी छन्।
प्रसाईंले आगामी मंसिर ७ गतेबाट देशभर आन्दोलन गर्ने घोषणा गरेका छन् र यसपटकको आन्दोलनका लागि उनले नेपाली काँग्रेस विपीसँग सहकार्य गरेका छन्।