arrow

सन् २०२६ को विश्वकप अन्तिम हुने रोनाल्डोको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २६ बुधबार
ronaldo-football-24-10-16.jpg

काठमाडौँ। पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आगामी वर्ष (सन् २०२६) मा हुने विश्वकप आफ्नो करियरको अन्तिम विश्वकप हुने घोषणा गरेका छन्। क्लब र अन्तर्राष्ट्रिय खेलमा ९५० भन्दा बढी गोल गरिसकेका ४० वर्षे फरवार्ड रोनाल्डोले आगामी दुई वर्षभित्र फुटबलबाट सन्यास लिने पनि बताएका छन्।

साउदी फोरमसँगको भिडियो लिङ्कमा कुरा गर्दै रोनाल्डोले भने, "यो निश्चित हो। सन् २०२६ मेरो विश्वकप खेलका लागि अन्तिम स्पर्धा हुनेछ।" उनले थपे, "म ४१ वर्षको हुनलागेँ र मलाई लाग्छ यो क्षण अन्तर्राष्ट्रिय खेलबाट विदा लिन उपयुक्त हुनेछ।"

सन् २०२३ मा साउदी अरबको अल नासर क्लबमा आकर्षक कार्यकाल सुरु गरेका पाँच पटकका बालोन डि’ओर विजेता रोनाल्डोले गत हप्ता आफूले चाँडै नै सन्यास लिने सङ्केत दिएका थिए। "सम्भवतः अझै एक वा दुई वर्ष हो म खेलमा हुनेछु," उनले भनेका थिए।

रोनाल्डोले आगामी वर्ष छैटौँ पटक विश्वकप खेलमा प्रतिस्पर्धा गर्ने लक्ष्य राखेका छन्। पोर्चुगलले सन् २००६ मा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो, जुन रोनाल्डोको नेतृत्वमा अहिलेसम्मको सबैभन्दा ठूलो सफलता थियो।

पोर्चुगलले सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा छनोट हुन सकेको छैन तर बिहीबार आयरल्यान्डलाई पराजित गरेमा पोर्चुगलले आफ्नो स्थान सुरक्षित गर्नेछ।

रोनाल्डो सन् २०२२ को अन्त्यमा दोस्रो पटक म्यानचेस्टर युनाइटेड छोडेपछि साउदी अरबको अल नासर क्लबमा सामेल भएका थिए। उनको आगमनले साउदी अरबलाई विश्वका प्रसिद्ध खेलाडी आगमनका लागि तयार पार्न ठूलो सहयोग पुगेको छ।

साउदी अरबले आफ्नो आर्थिक विविधीकरण योजनाअन्तर्गत खेलकुद र मनोरञ्जनमा ठूलो रकम खर्च गरिरहेको छ। गत डिसेम्बरमा फिफाले साउदी अरबलाई सन् २०३४ को विश्वकप आयोजनाको लागि अवसर दिने घोषणा गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ